‘गगन थापाको अभिव्यक्ति युवाको होईन, बालकको हो’: मिन विश्वकर्मा

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
१६ पटक हेरिएको
Shares
‘गगन थापाको अभिव्यक्ति युवाको होईन, बालकको हो’: मिन विश्वकर्मा

सारांश

  • काठमाडौं, १५ पुस ।
  • वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पारेका छन् ।
  •   शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने जिकिर गरे ।

काठमाडौं, १५ पुस । वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पारेका छन् ।

 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने जिकिर गरे ।

उनले भने,‘वाम गठबन्धनका साथीहरुले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ भन्नुभयो, उहाँहरुले बहुमत ल्याएकै दिनदेखि सरकार गठन गरिसक्नुभयो, तर निर्वाचन आयोगले दल दर्ताको लागि १५ दिनको समय तोक्छ, त्यसपछि एक महिनाभित्रै चुनाव सम्पन्न गर्नुपर्छ, हामी त आयोगलाई सहजीकरण गर्ने हो, यसरी हेर्दा सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्छ।’ उनले आउने फागुण यता नयाँ सरकार नबने ठोकुवा नै गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको स्पष्ट पारे । मन्त्री विश्वकर्माले थपे,‘कांग्रेस प्रतिपक्षमा बस्न तयार छ, हामी रचनात्मक भूमिका निर्वाह गर्छौं, संविधानको पूर्ण कार्यान्वयन र समावेशी–समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्छौं।’ उनले आफूहरु सरकारबाट छिटोभन्दा छिटो छोड्ने तयारीमा रहेको समेत उनको भनाई थियो ।

मन्त्री विश्वकर्माले वर्तमान सरकारले आयु लम्ब्याउन खोज्यो भनेर बाहिर हल्ला चलेकोप्रति टिप्पणी गर्दै भने,‘यो गलत हल्ला हो, यस्तो खाले टिकाटिप्पणीमा कुनै सत्यता छैन, हामी संवैधानिक बाटोहरु पहिल्याउँदै हिँड्छौं।’

उनले वाम गठबन्धनवीच सहकार्य र एकता होस् भन्ने आफूहरुको शुभकामना रहेको बताए । ‘हाम्रो शुभकामना छ, एमाले र माओवादीवीच एकता होस्, गठबन्धन कायमै रहोस्’–उनले थपे । निर्वाचनमा सभागी हुँदै गर्दा एमाले र माओवादी केन्द्रले जनतामा जे एजेण्डा लिएर गएका थिए ती सबैलाई पालना गर्न समेत उनले जोड दिए ।

उनले भने,‘एकजना अध्यक्ष बन्नोस्, एकजना प्रधानमन्त्री बन्नोस, हाम्रो शुभकामना छ, तर शुभकामना दिएरमात्रै हुँदैन, व्यवहारमा चल्दैन रैछ, बाम गठबन्धनमा अहिले प्रधानमन्त्री र अध्यक्षलाई लिएर खटपट भैरहेको सुनिँदैछ, यो राम्रो होईन्।’

त्यस्तै उनले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई लिएर केही युवा नेताहरुले नेतृत्वबाटै हटाउने भन्नुभएको छ नि भनेर सोधिएको प्रश्नमा जवाफ दिँदै भने,‘पार्टी भनेको कुनै एक अमुक व्यक्ति होईन, यो त संगठन हो, हाम्रो सभापति शेरबहादुर देउवा कसैले टिका लगाएर सभापति बन्नुभएको होईन, महाधिवेशनबाट निर्वाचित हुनुभएको हो।’ उनले पार्टी सभापति देउवामाथिको टिप्पणी गर्नु नै मुर्खता भएको आरोप लगाए ।

उनले यो निर्वाचनमा पनि पार्टीको मत नघटेको उल्लेख गर्दै थपे,‘उहाँको नेतृत्वमा बरु पार्टीको ईमेज वृद्धि भएको छ, प्रत्यक्षतर्फ ३५ प्रतिशत र समानुपातिकतर्फ ३३ प्रतिशत मत खसेको छ, गणितीय हिसावले हामी पछि परेका हौं, तर राजनीतिक हिसाबले हामी एक नम्बर पार्टी हौं।’

उनले युवा नेता गगन थापाले सभापतिविरुद्ध दिएको अभिव्यक्ति अहिले आएर सच्याउन थालेको पनि सुनाए । उनले भने,‘जसले हिजोका दिनमा सस्तो अभिव्यक्ति दिए, तीनीहरुले अहिले आफ्नो अभिव्यक्ति सच्याईसके, उत्ताउलो बन्नु गलत हो, जसले बोल्यो त्यो उत्ताउलो र उच्छृङ्खल अभिव्यक्ति हो, युवाको अभिव्यक्ति थिएन, त्यो त वालक हो।’रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Surya Prasad Suwal

    तिमी जस्ताले गदाॅ देउवाको मनपरि बढेको । तिम्रो आंखा अझै खुलेको छैन । देशले के चाहेको छ ? अहिलेका युवाहरूको चाहना बुझेकै छैन । अनि यस्तालाई कसले भोट दिन्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘तिम्रो नामको Tatto’ भन्दै के गर्छन् मिनकुमार तामाङ कोनिका घिमिरेसँग (भिडियोसहित)
‘तिम्रो नामको Tatto’ भन्दै के गर्छन् मिनकुमार तामाङ कोनिका घिमिरेसँग (भिडियोसहित)
कांग्रेसमा भाँडभैलो, नेतैपिच्छे गुट, देउवालाई नहटाएसम्म विश्राम नलिने पौडेलको घोषणा
कांग्रेसमा भाँडभैलो, नेतैपिच्छे गुट, देउवालाई नहटाएसम्म विश्राम नलिने पौडेलको घोषणा
‘अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक’
‘अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक’
सामाजिक सुरक्षा भत्ता घरमै गएर वितरण
सामाजिक सुरक्षा भत्ता घरमै गएर वितरण
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
माइक्रो, बस चढ्दा चनाखो रहनुस्, चोरको बिगबिगी
माइक्रो, बस चढ्दा चनाखो रहनुस्, चोरको बिगबिगी
अपाङ्गता व्याक्तिलाई प्राथमिकता दिनेमा जोड
अपाङ्गता व्याक्तिलाई प्राथमिकता दिनेमा जोड
भेरीमा कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट सफल उपचार
Glory Casino Bangladesh: Play On-line And Win In Official Site
पुरानै संरचनामा पुनर्निर्माण उपत्यकाका आठ दरबार
पुरानै संरचनामा पुनर्निर्माण उपत्यकाका आठ दरबार

तपाईंले छुटाउनुभयो कि?