पत्रपत्रिका : कांग्रेसको झगडा नेविसंघमा, मेलमिलाप दिवस छुटट्टाछुट्टै
सारांश
- काठमाडौं ।
- नेपाली कांग्रेसभित्रको विवादको छायाँ उसको भातृ संगठन नेपाल विद्यार्थी संघमा पनि परेको छ ।
- नेविसंघभित्रको आन्तरिक विवाद तीव्र बनेको छ ।
काठमाडौं । नेपाली कांग्रेसभित्रको विवादको छायाँ उसको भातृ संगठन नेपाल विद्यार्थी संघमा पनि परेको छ । नेविसंघभित्रको आन्तरिक विवाद तीव्र बनेको छ ।
अध्यक्ष नैनसिंह महराले संघलाई एकलौटी ढंगबाट अघि बढाएको भन्दै असन्तुष्ट पक्षले आइतबार समानान्तर कार्यक्रम गरेपछि विवाद सतहमा देखिएको हो ।
संघको केन्द्रीय समितिले ४१ औं राष्ट्रिय मेलमिलाप दिवस राजधानीको राष्ट्रियसभा गृहमा आयोजना गरेको थियो । सोही समयमा असन्तुष्ट पक्षले काठमाडौं जिल्ला समितिको आयोजनामा त्रिचन्द्र क्याम्पसमा छुट्टै कार्यक्रम गरेको छ । यो खबर आजको नागरिक दैनिकमा पढ्न सकिन्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया