छोरीको कुमारित्व भंग गर्न सेक्स क्याम्पमा किन पठाइन्छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
छोरीको कुमारित्व भंग गर्न सेक्स क्याम्पमा किन पठाइन्छ ?

सारांश

  • एजेन्सी ।
  • अफ्रिकाको मलावीमा आमाबाबुहरु आफ्ना छोरीहरुलाई सेक्स क्याम्पमा पठाउँछन् ।
  • त्यहाँ छोरीको उमेर १० वर्ष पुगेपछि कुमारित्व भंग गर्न भन्दै सेक्स क्याम्प पठाउने चलन छ।

एजेन्सी । अफ्रिकाको मलावीमा आमाबाबुहरु आफ्ना छोरीहरुलाई सेक्स क्याम्पमा पठाउँछन् ।

त्यहाँ छोरीको उमेर १० वर्ष पुगेपछि कुमारित्व भंग गर्न भन्दै सेक्स क्याम्प पठाउने चलन छ। १० वर्षकी ग्रेसलाई गोल्डेन भिलेजस्थित घर नजिकैको क्याम्पमा पढाएर यौन शिक्षा दिइयो। उनी क्याम्पमा आफ्नी हजुरआमासँग बसिन्, जहाँ उनलाई एक सातासम्म ठुलाको सम्मान तथा घरधन्दा गर्न सिकाइयो।

त्यहाँ उनलाई यौन सम्बन्ध राख्ने तरिकाका सम्बन्धमा पनि जानकारी दिइयो । क्याम्पमा पुगेका युनाइटेड नेशन फाउण्डेशनका पत्रकारहरुको टोलीका अनुसार क्याम्पमा एक महिला किशोरीहरुलाई यौन क्रियाका लागि बढावा दिइरहेकी थिइन्। त्यति मात्र होइन क्याम्पमा नृत्य गरेर वा अन्य तौरतरिका अपनाएर पुरुषलाई खुसी पार्न सिकाइन्छ ।

गर्ल्स इन्पावरमेन्ट नेटवर्कका सञ्चार सल्लाहकार न्वायसका अनुसार कहिलेकाहिँ त्यहाँ वयस्क पुरुषहरु आउँछन्। राति आउने त्यस्ता पुरुष को हुन् भन्ने जानकारी किशोरीलाई हुँदैन । तर, उनीहरुले यौन शिक्षाअन्तर्गत ती भुसतिघ्रेहरुलाई सन्तुष्ट पार्न सक्नुपर्छ । यौन शिक्षाको यो प्रक्रिया सुरुमै कतिपय किशोरी आमा बन्ने अवस्थामा पुग्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?