ओली र प्रचण्डबीचबिच समझदारी भइसकेको छ : उपाध्यक्ष ज्ञवाली
सारांश
- काठमाडौं, पुस १७ ।
- नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले र माओवादीबिचको पार्टी एकताका लागि घनिभूत रुपमा छलफल भइरहेको बताएका छन् ।
- नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले दुई पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डबिच छलफल भइरहेको बताएका हुन् ।
काठमाडौं, पुस १७ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले र माओवादीबिचको पार्टी एकताका लागि घनिभूत रुपमा छलफल भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले दुई पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डबिच छलफल भइरहेको बताएका हुन् ।
नेताहरुको व्यवस्थापन र माओावद, जनताको बहुदलीय जनवाद जस्ता महत्वपूर्ण विषयमा ओली र प्रचण्डबिच छलफल भइरहेको उनको भनाई थियो ।
“दुईवटा पार्टी अध्यक्षहरुको बिचमा घनिभूत रुपमा कुनै न कुनै कुरा भएको छ । उहाँहरुले डिस्क्लोज नगरेको हुन सक्छ ।” ज्ञवालीले भने । “ओली र प्रचण्डकोबिचमा कुरा नमिलिकन वा समझदारी नभै हावाको भरमा पार्टी एकता गर्छु भन्नुभएको होइन होला ।”
अध्यक्षद्धय बाहेक पनि संयोजन समिति अनौपचारिक छलफलमा व्यस्त रहेको ज्ञवालीले बताए ।
एमाले स्थायी समिति र माओवादीका पनि विभिन्न कमिटीमा छलफल भएपछि पार्टी एकतावद्ध भएर जाने ज्ञवालीले बताए । “पार्टी एकता कुनै पनि हालतमा हुन्छ । नगरी हुँदैन ।”
चुनावमा जाँदा नै पार्टी एकताको मोडलअनुसार ६०/४० को तालमेल गरेर गएको भन्दै ज्ञवालीले त्यसबेला पनि चुनौति भएको तर सफल भएको उदाहरण दिदै ज्ञवालीले जनताले स्विकार गरेकाले नै अब पार्टी एकता भएरै छाड्ने दाबी गरे ।
“जनताको अभिमतका आधारमा पनि पार्टी एकता गरेरै छाड्नुपर्छ । छिटै गर्नुपर्छ ।” ज्ञवालीले भने । “छापामार युद्ध गरिरहेको माओवादी शान्ति प्रक्रियामा आउने कुरा पनि त्यसबेला असम्भव ठानिएको थियो । अहिले पनि पार्टी एकता असम्भव ठान्नेहरु धेरै छन् । तर हामी सम्भव बनाएरै छाड्छौँ ।”
जनताको बहुदलीय जनवाद वा माओवाद जस्ता सिद्धान्तले पार्टी एकता नरोकिने ज्ञवालील स्पष्ट पारेका छन् ।
एकताका लागि नेतृत्व र सैद्धान्तिक रुपमा समस्या हुन्छ भन्ने जान्दा जान्दै पनि घोषणा गरेर अघि बढिएकाले त्यस्ता समस्या समाधानका उपाय निस्कने उनले बताए ।
Jirel Tika
भ्रष्टाचार र अपराध लुकाउन पनि एकता जरुरी छ ?!!