पर्यटक बढाउन ‘चितुवा’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
४४ पटक हेरिएको
Shares
पर्यटक बढाउन ‘चितुवा’

सारांश

  • भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ ।
  • पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताउनुभयो ।
  • गणेशपुर नामले परिचित उक्त पार्कमा सवडिभिजन वन कार्यालय तनहुँको सहयोगमा चितुवा ल्याइएको उहाँको भनाइ छ ।

भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ ।

पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताउनुभयो । गणेशपुर नामले परिचित उक्त पार्कमा सवडिभिजन वन कार्यालय तनहुँको सहयोगमा चितुवा ल्याइएको उहाँको भनाइ छ । उहाँका अनुसार करिब एक वर्ष अघिदेखि पार्कको लागि चितुवा सहयोग गरिदिन माग गरिएको थियो । “हामीले लामो प्रयासपछि पार्कमा चितुवा ल्याएका छौँ” उहाँले भन्नुभयो, “यसले यहाँ पर्यटकको ध्यान केन्द्रित गरेको छ ।”

उहाँका अनुसार पाँच वर्षको ४० किलो तौलको चितुवा ल्याइएको हो । माघ २६ गते ल्याइएको उक्त चितुवा हेर्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्न थालेको अध्यक्ष भण्डारीले बताउनुभयो । चितुवा ल्याएपछि हेरचाह गर्नका लागि दक्ष व्यक्ति नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ । “हामीले चितुवा त ल्यायौँ तर हेर्न सक्ने दक्ष व्यक्ति नहुँदा समस्या भएको छ” उहाँले भन्नुभयो, “यसको समाधानका लागि हामीले तयारी गरिरहेका छौँ ।”

अबको केही समयमा बाघ, अजिङ्गर, निलगाइ, भालु, जरायो, मयूरलगायतका जनावर ल्याउने गरी प्रक्रियाअघि बढाएको बताउनुभयो । त्यसका लागि विभिन्न निकायसँग समन्वय भइरहेको बताउनुभयो ।

अहिले पार्कमा घाइते तथा अलपत्र जङ्गली जनावरलाई उपचार तथा संरक्षण गरिएको उहाँको भनाइ छ । उद्यानमा हाल २० वटा खरायो, पाँच वटा गिनिपिक (मुसा खरायो), दुई वटा राजहाँस, दुई वटा टर्की, एउटा कछुवा, दुईवटा हुईंचिल, एउटा चिल, एउटा दुम्सी, दुईवटा बाँदर र एउटा चित्तल रहेका छन् ।

यी जनावर तथा पंक्षी ल्याएसँगै दैनिक अवलोकन गर्नेको सङ्ख्या बढेका छन् । अहिले पार्कमा पिकनिक स्पर्ट, बाल उद्यानलगायत संरचना रहेका छन् । पार्कमा गणेश मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने गौतमबुद्धको शालिक पनि निर्माण भइरहेका छन् । यहाँ पहिले वनभोजका लागि बढी मानिस आउने गरेको भए पनि पछिल्लो समय जनावर तथा पंक्षीको अवलोकन गर्न आउने गरेको वडा नं ७ का वडाध्यक्ष टोपबहादुर केसीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी हुँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
यसरी हुँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
पेरिस ओलम्पिकमा दक्षिण कोरियाली शार्पसुटर सुन्दरीको चर्चा
पेरिस ओलम्पिकमा दक्षिण कोरियाली शार्पसुटर सुन्दरीको चर्चा
यो  वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते
यो वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते
चट्याङले बागलुङको निसीखोला जलविद्युत् आयोजनामा क्षति
चट्याङले बागलुङको निसीखोला जलविद्युत् आयोजनामा क्षति
झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी
झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
बारा प्रहरी कार्यालय जाँदै हुनुहुन्छ ? मोबाइल अफ गर्नुहोस्
बारा प्रहरी कार्यालय जाँदै हुनुहुन्छ ? मोबाइल अफ गर्नुहोस्
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश
लुकाई ल्याएको सुनसहित गोरखाका सारु पक्राउ