सरकारको कामप्रति नेकपाभित्रै असन्तुष्टि
सारांश
- काठमाडौं, २ मंसिर।
- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले सरकारको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
- नेता सापकोटाले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
काठमाडौं, २ मंसिर। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले सरकारको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। नेता सापकोटाले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले बलियो सरकारले जन अपेक्षा अनुसार ‘निरन्तरतामा क्रमभंगताका साथ’ काम गर्न नसकेको बताए। जनताले असाध्य अपेक्षा गरेको बलियो सरकारले मुलुकलाई सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, दण्डहिनता अन्त्यका लागि ठोस कदम चाल्न नसकेको नेता सापकोटाको भनाइ छ।
नेता सापकोटाले आगामी बस्ने स्थायी समिति बैठकले सरकारको कामको पनि समिक्षा गर्ने जानकारी दिए। पार्टीको संगठन एकीकरणसम्बन्धि विवाद टुंगो लगाउन स्थायी समिति बैठक छिट्टै बस्ने उनको भनाइ थियो। नेता सापकोटाले आगामी मंसीर ६ गते बस्ने पार्टी सचिवालय बैठकले संगठन एकीकरणसम्बन्धि कार्य दलले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिने विश्वास पनि व्यक्त गरे।
प्रतिक्रिया