प्रदेश राजधानीको माग गर्दै सत्तारुढ दल सडकमा
सारांश
- बुटवल, पुस २० ।
- प्रदेश राजधानीको माग गर्दै बुटवलमा सत्तारुढ दल नेपाली कांग्रेस सडकमा उत्रिएको छ ।
- प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा राख्न माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले आज रुपन्देहीमा चक्काजाम गरेको हो ।
बुटवल, पुस २० । प्रदेश राजधानीको माग गर्दै बुटवलमा सत्तारुढ दल नेपाली कांग्रेस सडकमा उत्रिएको छ । प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा राख्न माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले आज रुपन्देहीमा चक्काजाम गरेको हो ।
बिहान ९ बजेदेखि १० बजेसम्म बुटवलको अस्पताललाइन, मणिग्राम चोक र मुर्गियामा चक्काचाम गरेको थियो ।
चक्काजाममा सहभागीले आज बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेशको राजधानी दाङ घोषणा गरे त्यसलाई कुनै हालतमा नमान्ने चेतावनी दिएका थिए ।
चक्काजामका कारण पूर्व–पश्चिम महेन्द्रराजमार्ग र सिद्धार्थ राजमार्गमा १ घण्टा आवागमन अवरुद्ध भएको थियो ।
सरकारले तत्कालका लागि अस्थायी राजधानी तोक्ने र पछि स्थायी राजधानीका लागि प्रदेशसभाको बहुमतबाट निर्णय हुने भएकाले पनि सबैलाई राजधानीका विषयमा चासो बढेको छ ।
प्रदेश मन्त्रालयको लागि भवन, सडक सन्जाल, अन्तर्रा्ष्ट्रिय बिमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनी जस्ता कारणले राजधानीकालागि रुपन्देही उपयुक्त हुने उनीहरुको ठहर छ । सरकारले प्रदेश ५ को अस्थायी राजधानी दाङलाई तोक्ने तयारी गरेको छ ।
प्रतिक्रिया