विप्लव समूहका केन्द्रीय सदस्य लोहनी पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ५, २०७६
|
|
४० पटक हेरिएको
Shares
विप्लव समूहका केन्द्रीय सदस्य लोहनी पक्राउ

सारांश

  • चितवन।
  • नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालयले लोहनीलाई आज बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

चितवन। नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले लोहनीलाई आज बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

लोहनी सो समूहद्वारा सञ्चालित रातो खबरका सञ्चालकसमेत रहेको बताइएको छ। केही समय अगाडि विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना नेता कार्यकर्ता दाङबाट पक्राउ परेका थिए। सरकारले गत फागुन २८ गते विप्लव समूहमाथि प्रतिवन्ध लगाएपछि विप्लव समूहका ठूलो संख्यामा नेता कार्यकर्ता पक्राउ परिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?