धत्तेरिका …. आज अप्रिलफूल पो त

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७३
|
|
३१० पटक हेरिएको
Shares
धत्तेरिका …. आज अप्रिलफूल पो त

सारांश

  • कोही भन्छन् आज दसैं कोही भन्छन् तिहार भन्छन् कोही नेपाल हो, कोही भन्छन् बिहार कोही भन्छन् कुशे औंशी बाउको मुख हेर्ने कोही भन्छन् श्रीपञ्चमी साहुको मुख हेर्ने धत्तेरिका ….
  • आज अप्रिलफूल पो त ।
  • कोही भन्छन् गणतन्त्र आजबाट गयो कोही भन्छन् नेपालमा राजतन्त्र आयो भन्छन् कोही नेता मरे नुन बार्ने हो कि ?

कोही भन्छन् आज दसैं कोही भन्छन् तिहार
भन्छन् कोही नेपाल हो, कोही भन्छन् बिहार
कोही भन्छन् कुशे औंशी बाउको मुख हेर्ने
कोही भन्छन् श्रीपञ्चमी साहुको मुख हेर्ने
धत्तेरिका …. आज अप्रिलफूल पो त ।

कोही भन्छन् गणतन्त्र आजबाट गयो
कोही भन्छन् नेपालमा राजतन्त्र आयो
भन्छन् कोही नेता मरे नुन बार्ने हो कि ?
कोही लागे शंख फुक्न हरियो बाँस बोकी
धत्तेरिका….. आज अप्रिलफूल पो त ।

कोही भन्छन् तेरो बाउ त अस्पतालमा भर्ना
कोही भन्छन् आजबाट चक्का जाम धर्ना
कोही भन्छन् पानी आयो बस्ती बगायो रे
कोही भन्छन् घुसखोरीले नेपाल अघायो रे
धत्तेरिका ….आज अप्रिलफूल पो त ।

कोही भन्छन् रुप्पे जति डलर भयो अरे
कोही भन्छन् दारु खान बल्ल चौका परे
मजाक पनि कस्ता कस्ता महा गाई जात्रा
सोंच्यो सोंच्यो काम्लो भित्र, छैन जीवन यात्रा
धत्तेरिका … आज अप्रिलफूल पो त ।

श्याम शुन्दर पुडासैनी 

नुवाकोट 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?