प्रचण्ड र ओली भेटवार्ता अाज हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
६० पटक हेरिएको
Shares
प्रचण्ड र ओली भेटवार्ता अाज हुने

सारांश

  • काठमाडौं, पुस २३ ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता हुने भएको छ ।
  • हिजो शनिवार हुने भनिएको भेटवार्ता आज हुन लागेको प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए ।

काठमाडौं, पुस २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता हुने भएको छ । हिजो शनिवार हुने भनिएको भेटवार्ता आज हुन लागेको प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए ।

पार्टी एकता तथा सरकार निर्माणका विषयमा छलफल गर्न ओली र प्रचण्डबीच भेटवार्ता तय भएको उनले बताए ।

बिहीवार चितवन गएका प्रचण्ड हिजो काठमाडौं फर्किने कार्यक्रम थियो । तर मौसम खराबीका कारण भरतपुर विमानस्थलबाट विमान नउडेपछि प्रचण्ड चितवनमै रोकिएका हुन् ।

नियमिति स्वास्थ्य परीक्षणका लागि ओली थाइल्याण्डको बैंकक जाने तयारीमा छन् । ओली पुस २६ गते बैंकक उड्ने उनको निजी सचिवालयले जनाएको छ । ओलीले बैंकक जानु अगाडि उनी र प्रचण्डबीच भेटवार्ता हुने कार्यक्रम छ ।

(https://whatthefab.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरणको बजेट र नीति तथा कार्यक्रम पारित
चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय
चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय
देउवाले भने : माओवादी र माधव नेपाललाई पनि साथमै लिएर जाने हो
देउवाले भने : माओवादी र माधव नेपाललाई पनि साथमै लिएर जाने हो
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
आजको राशिफल
आजको राशिफल
दोलखामा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन बलियो
दोलखामा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन बलियो
उत्तरगया धाममा पुसे औंसी नुहाउने र श्राद्ध गर्नेहरूको भीड
उत्तरगया धाममा पुसे औंसी नुहाउने र श्राद्ध गर्नेहरूको भीड
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
नेकपा अध्यक्षद्वय बीच टुट्यो संवाद
नेकपा अध्यक्षद्वय बीच टुट्यो संवाद