नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १८, २०८२
|
|
२७ पटक हेरिएको
Shares
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री सुशीला कार्कीले सम्भाब्य विपदको जोखिमको आँकलन गर्दै सरकारले देशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको बताएकी छन्।
  • शनिबार नेपाल टेलिभिजनमार्फत दिएको भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले सम्भाब्य विपदको जोखिमको आँकलन गर्दै सरकारले भोलि १९ र पर्सी २० गते देशभर सार्वनिक विदा दिने निर्णय गरेको जानकारी दिएकी हुन्।

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सम्भाब्य विपदको जोखिमको आँकलन गर्दै सरकारले देशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको बताएकी छन्।

शनिबार नेपाल टेलिभिजनमार्फत दिएको भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले सम्भाब्य विपदको जोखिमको आँकलन गर्दै सरकारले भोलि १९ र पर्सी २० गते देशभर सार्वनिक विदा दिने निर्णय गरेको जानकारी दिएकी हुन्।

उनले सरकारले नागरिकको कठिनाइ बुझ्ने बताउँदै एक्लो महसुस नगरी जोखिमलाई मिलेर पार गर्नुपर्ने पनि उल्लेख गरिन्। ‘राज्यका सम्पूर्ण स्रोतहरू आज तपाईहरूसँग छन्। हामी यो जोखिमलाई मिलेर पार गर्नेछौं।’ प्रधानमन्त्रीले भनेकी छन्।

उनले  प्रहरी र अन्य विपद् व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरूलाई ध्यान दिँदै  जहाँ जुन अवस्थामा भएपनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित  रहन प्रेरित गर्न आग्रह गरेकी छन्। प्रधानमन्त्री कार्कीले अत्यावश्यक नभएसम्म यात्रा नगर्न पनि अनुरोध गरेकी छन्।

महत्त्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको उनले सन्देशमार्फत जानकारी गराएकी छिन्। ‘तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्,’ प्रधानमन्त्रीको आग्रह छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
कांग्रेससँग गठबन्धन तोड्दै देशभर उम्मेदवारी दिने राप्रपाको तयारी
रास्वपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता
रास्वपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता
धेरैपटक “मारिएका” इस्पातले बनेका मान्छे– उपराष्ट्रपति पासाङ
धेरैपटक “मारिएका” इस्पातले बनेका मान्छे– उपराष्ट्रपति पासाङ
हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’
हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’
देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह
देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह
मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
बाबुछोरा हत्या प्रकरणः निराशा र असफलताले निम्त्याएको एउटा दुःखद् घटना
बाबुछोरा हत्या प्रकरणः निराशा र असफलताले निम्त्याएको एउटा दुःखद् घटना
‘एक स्थानीय तह, एक अस्पताल’ नारामै सीमित
‘एक स्थानीय तह, एक अस्पताल’ नारामै सीमित
महानगरबाट विद्यालय भवनका लागि रु चार लाख
महानगरबाट विद्यालय भवनका लागि रु चार लाख

तपाईंले छुटाउनुभयो कि?