आर्थिक विकासको खाका कोर्न त्रिपक्षीय संयुक्त कार्यदल : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
आर्थिक विकासको खाका कोर्न त्रिपक्षीय संयुक्त कार्यदल : प्रचण्ड

सारांश

  • काठमाडौं, २४ पुस ।
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञहरु रहेको संयुक्त कार्यदल गठन गरेर अघि बढ्न सकिने बताएका छन् ।
  • सोमबार दिउँसो नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा प्रचण्डले भने, “सरकार गठनमा केही ढिलाई भएको छ ।

काठमाडौं, २४ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञहरु रहेको संयुक्त कार्यदल गठन गरेर अघि बढ्न सकिने बताएका छन् ।

सोमबार दिउँसो नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा प्रचण्डले भने, “सरकार गठनमा केही ढिलाई भएको छ । तर, स्थिर बामपन्थी सरकार बन्छ । अबको हाम्रो मुख्य प्राथमिकता राजनीतिक स्थायित्व र आर्थिक विकास नै हो । यसका लागि हाम्रो कर्मचारी प्रशासन र ऐनहरुमा रहेका सीमाहरुको अध्ययन गरेर त्यसलाई बदल्नुपर्दछ । निजी क्षेत्रसँगको सहकार्यमा आर्थिक विकास गर्ने हाम्रो प्रष्ट धारणा छ । सरकार गठन भएपछि सम्बन्धित मन्त्रालय, निजी क्षेत्रका प्रतिनिधि र विज्ञहरु सम्मिलित कार्यदल बनाउने र त्यसको रिपोर्टका आधारमा आर्थिक विकासको खाका कोर्न सकिन्छ । तपाईहरु पनि त्यस दिशामा अग्रसर हुनुहोस् ।”

भेटमा हरिभक्त शर्मासहितको परिसंघको टिमले बामपन्थीहरुको बहुमतले देशमा राजनीतिक स्थिरता र आर्थिक विकास हुनेमा आफूहरु आशावादी रहेको बताएको थियो । नयाँ सरकारलाई निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने पनि परिसंघका पदाधिकारीहरुले बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट संघ नुवाकोटमा पाठक
क्रिकेट संघ नुवाकोटमा पाठक
रोनाल्डो र नेइमारबीच यस्तो प्रेम, खुल्यो सम्भावनाको ढोका
रोनाल्डो र नेइमारबीच यस्तो प्रेम, खुल्यो सम्भावनाको ढोका
Central Zoo constructs new feeding zone !
Central Zoo constructs new feeding zone !
मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक: कमल थापा
मकवानपुर गढीमा कृषि उद्यान निर्माण प्रारम्भ
मकवानपुर गढीमा कृषि उद्यान निर्माण प्रारम्भ
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
संसदको गणित बुझौँ: कसरी बन्छ सरकार, कसरी फेरिन्छ संविधान?
संसदको गणित बुझौँ: कसरी बन्छ सरकार, कसरी फेरिन्छ संविधान?
रामेछापबाट विजयी भएका को हुन श्यामकुमार श्रेष्ठ
रामेछापबाट विजयी भएका को हुन श्यामकुमार श्रेष्ठ
एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह
एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह

तपाईंले छुटाउनुभयो कि?