मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु ।

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २९, २०७३
|
|
१६६ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा परी एक  महिलाको मृत्यु ।

सारांश

  • सुर्य प्रसाद अधिकारी कार्तिक २९, चितवन ।
  •  चितवनको खैरहनीमा भएको मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
  • पुर्वी चितवनको खैरहनी नगरपालिका ७ स्थित पुर्व पश्चिम राजमार्गमा दुई मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकलमा सवार तीन जना गम्भिर घाईते भएका थिए ।
सुर्य प्रसाद अधिकारी कार्तिक २९, चितवन ।  चितवनको खैरहनीमा भएको मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । पुर्वी चितवनको खैरहनी नगरपालिका ७ स्थित पुर्व पश्चिम राजमार्गमा दुई मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकलमा सवार तीन जना गम्भिर घाईते भएका थिए । घाईते मध्ये मकवानपुर मनहरी ७ की ३० बर्षिय सागुनी पुलामीको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा गएराती ज्यान गएको प्रहरीले जनाएको छ । चितवनको खैरहनीमा पुर्वतर्फ जाँदै गरेको ना ३५ प १८५१ नम्वरको मोटरसाईकललाई ना ३२ प ६३३० नम्वरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिंदा सो दुर्घटना भएको हो । सो घटनामा १८५१ नम्वरको मोटरसाईकलको पछाडी बसेकी सागुनी पुलामीको ज्यान गएको प्रहरीले जनाएको छ । उनका श्रीमान ३८ बर्षका दिलबहादुर पुलामी र अर्काे मोटरसाईकलका चालक चितवन खैरहनीका ५० बर्षका भजना महत्तोको अहिले सोही कलेजमा उपचार भैरहेको छ ।
मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु । सुर्य प्रसाद अधिकारी कार्तिक २९, चितवन । चितवनको खैरहनीमा भएको मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । पुर्वी चितवनको खैरहनी नगरपालिका ७ स्थित पुर्व पश्चिम राजमार्गमा दुई मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकलमा सवार तीन जना गम्भिर घाईते भएका थिए । घाईते मध्ये मकवानपुर मनहरी ७ की ३० बर्षिय सागुनी पुलामीको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा गएराती ज्यान गएको प्रहरीले जनाएको छ । चितवनको खैरहनीमा पुर्वतर्फ जाँदै गरेको ना ३५ प १८५१ नम्वरको मोटरसाईकललाई ना ३२ प ६३३० नम्वरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिंदा सो दुर्घटना भएको हो । सो घटनामा १८५१ नम्वरको मोटरसाईकलको पछाडी बसेकी सागुनी पुलामीको ज्यान गएको प्रहरीले जनाएको छ । उनका श्रीमान ३८ बर्षका दिलबहादुर पुलामी र अर्काे मोटरसाईकलका चालक चितवन खैरहनीका ५० बर्षका भजना महत्तोको अहिले सोही कलेजमा उपचार भैरहेको छ ।
सुर्य प्रसाद अधिकारी
शिखरन्युज सम्पादाता
        

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?