शरद कुमार गौचन हत्याकाण्डमा संलग्न थप ३ जना पक्राउ
सारांश
- काठमाडौं, पुस २७ ।
- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् ।
- महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं, पुस २७ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता छन् । यसअघि प्रहरीले घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ७ जनालाई पक्राउ गरिसकेको छ ।
प्रहरीको अनुसार उनीहरुले घटनामा संलग्न अभियुक्तहरुलाई सहयोग गरेका थिए । ‘केहीले सीम कार्ड दिएको केही आर्थिक लेनदेनमा संलग्न भएको अनुसन्धानको क्रममा देएक प्रहरी अधिकृतले भने ।
यसैबीच, परिषरले गौचन हत्याकाण्डको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैदको माग दाबी गरेको छ ।
प्रतिक्रिया