डा गोविन्द केसीको मुद्दाको बहस सकियो, फैसला आजै आउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २६, २०७४
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, पुस २६ ।
  • अदालतको अवहेलना मुद्दामा डाक्टर गोविन्द केसीविरुद्धको बहस सकिएको छ ।
  • दुबै तर्फका वकिलबाट बहस सकिएसँगै आजै सर्वोच्चले फैसला सुनाउने तयारी गरेको छ।

काठमाडौं, पुस २६ । अदालतको अवहेलना मुद्दामा डाक्टर गोविन्द केसीविरुद्धको बहस सकिएको छ । दुबै तर्फका वकिलबाट बहस सकिएसँगै आजै सर्वोच्चले फैसला सुनाउने तयारी गरेको छ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहसमा निवेदकको तर्फबाट पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ लगायतले बहस गरेका थिए ।

केसीका तर्फबाट भने कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी चिन्तन लगायतले बहस गरेका छन् ।

इजलासबाट निस्कदै गर्दा केसीले आफूलाई माया गरेर मुद्दा खारेज नगर्न अनुरोध गरे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?