यी हुन् केपी ओलीका चर्चित उखान, टुक्का र भनाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
यी हुन् केपी ओलीका चर्चित उखान, टुक्का र भनाई

सारांश

  • यदी कुनै राजनीतिक उतारचढाव भएन भने केपी ओलाी आगामी प्रधानमन्त्री हुन् ।
  • यतिबेला उपचारका लागि थाइल्याण्ड पुगेका ओली आफ्ना कटु भनाई, उखान र टुक्काका कारण पनि चर्चित छन् ।
  • आफ्ना हरेक भाषणमा केही न केही उखान तथा टुक्का घुसाउन माहिर ओली आफ्नो यो शैलीलाई रुचाएकै कारण पनि होला हरेक भाषणमा केही न केही उखान टुक्का राख्न भुल्दैनन् ।

यदी कुनै राजनीतिक उतारचढाव भएन भने केपी ओलाी आगामी प्रधानमन्त्री हुन् । यतिबेला उपचारका लागि थाइल्याण्ड पुगेका ओली आफ्ना कटु भनाई, उखान र टुक्काका कारण पनि चर्चित छन् । आफ्ना हरेक भाषणमा केही न केही उखान तथा टुक्का घुसाउन माहिर ओली आफ्नो यो शैलीलाई रुचाएकै कारण पनि होला हरेक भाषणमा केही न केही उखान टुक्का राख्न भुल्दैनन् । नेपाली हास्यव्यंग्य क्षेत्रको चर्चित समूह सिस्नुपानी नेपालले त केपी ओलीलाई नेपाली हास्यव्यंग्य क्षेत्रकै महत्वपुर्ण व्यक्ति समेत मान्छ । त्यसैले पनि तिहारको अवसरमा सिस्नुपानी नेपालले आयोजना गर्दै आइरहेको व्यंग्यात्मक देउसीभैलो कार्यक्रममा केपी ओलीलाई निम्ता गर्ने गरिन्छ । कडा, छुच्चो र उखान टुक्का प्रयोग गरेर ओलीले बोलेका केही चर्चित भनाई तथा उखान टुुक्का यसप्रकार रहेका छन् ।।

१. यो मानवसाङ्लो होइन, माखेसाङ्लो हो ।

२. हामी नेपालीहरूमा नकारात्मक सोच छ । रूखमा दुईतीनवटा आँप झर्यो भने बगैँचा नै रित्तियो भन्छौँ । वास्तवमा केही मात्र झरेका हुन् । त्यसले केही फरक पर्दैन ।

३. ग्यासका सिलिन्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिँड्नु पर्दैन । सिलिन्डरको युग समाप्त गरिदिन्छु । घर–घरमा चुला–चुलामा पाइप पुर्याइदिन्छु ।

४. भुरुरु धुवाँ छोड्ने डिजेलको बस होइन, इलेक्ट्रिक बस चलाउँछौँ ।

५. हावाबाट बिजुली निकाल्ने काम सुरु हुँदै छ । एक वर्षभित्र लोडसेडिङ अन्त्य हुन्छ त्यसै भनेको छैन ।

६. उपप्रधानमन्त्री धेरै भएर के बिग्रियो ? मन्त्रीका अगाडि एउटा पगरी गुथाइदिएको त हो । सांसद्को भन्दा मन्त्रीको दुई हजार बढी तलब हुने त हो ।

७. अझै पनि कांग्रेस सरकारमा आउने हो भने मन्त्री घटाउन सकिन्छ । सानो मन्त्री मण्डल बनाऔँला । बेलायत, युरोपतिर उत्कृष्ट कहलिएका व्यक्तिहरू छन् क्यार ।

८. बिहान सहमति हुन्छ, दिउँसो ‘सहमति भएकै छैन’ भन्नेलाई कुन डाक्टरले उपचार गर्ने ? के दबाई खुवाउने ? संविधान रोक्न बाहिर कता सिन्को, त्यान्द्रो भेटिन्छ, त्यसलाई मिलाएर मोर्चा बनाइएको छ ।

९. नेवारी भाषामा एउटा उखान छ– ‘माकः फुइँ’ (बाँदरले फुर्ती लगाउने) भन्ने, त्यस्तै हो । बाँदरले हाँगा हल्लाउँदा रूख त हल्लिन्छ, तर यसपटक रूख (संविधानसभा) भाँच्ने सामथ्र्य राख्दैन । त्यहाँ एमाले बलियो शक्तिका रूपमा छ । यो संविधानसभाले संविधान जारी गर्छ ।

१०. झापामै बस्ने जनता चुप छन्, कञ्चनपुरबाट जितेको प्रतिनिधि चुप लागेर बसेको छ । अन्तैबाट कोही आउँछ र ‘झापा त छाड्दै छाड्दिनँ, कञ्चनपुर त छाड्दै छाड्दिनँ’ भन्छ ।

११. जनता त्यति नबुझ्ने छैनन् । को संविधान बनाउन लागेको थियो, को बन्नै नदिन लागेको थियो भन्ने बुझ्छन् । गोलो घोचेर बिच्केको अरिंगाल त होइनन् नि जनता, जसलाई पायो त्यसलाई चिल्ने ।

१२. हावा भरिएको बेलुनजस्तो आकारमात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुकमांगद नामको छेस्कोले के घोचेको थियो, फ्यास्स हावा खुस्कियो । माओवादी छातेच्याउमात्रै हो, भदौको ठूलो थोप्ला पानीले नै ठेगान लगाउँछ ।

१३. वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको बिरुवा हो, माओवादी वनमाराको झाडी । पीपल रूख बनेपछि वनमारा आफैँ खुइलिएर जान्छ ।

१४. झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिँदैन । झुसिले झुसिले हो, पुतली पुतली नै हो । हामी पुतली बनाएर छोड्छौँ । पुतली बनाएपछि पुतली भनौँला । अहिले झुसिले हो माओवादी, पुतली होइन । पछि वामपन्थी बनाउँछौँ भनेर उग्रवामपन्थी माओवादीलाई अहिले नै वामपन्थी भन्न मिल्दैन । जुन दिन हामी उसलाई रूपान्तरण गरेर वामपन्थी बनाउन सक्छौँ, त्यही दिन वामपन्थी भनौँला । हाललाई माओवादी वामपन्थी होइन ।

१५. दुई माना दूध उम्लेर एक पाथी जाने डेक्ची भरिएजस्तै हो माओवादी । दुई मानालाई एक पाथीको भ्रम परेको छ ।

१६. हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन ।

१७. एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला । त्यो पनि किनिदिन सकिएला । लौ अब त्यो हात्ती यो झोलामा हालिदे भनेर निहुँ खोज्यो भने के गर्ने ? मधेशको माग भनेको यस्तै हो ।

१८. सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँशु झार्छे, एकअर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन् । जब सिनेमा सकियो केको लभ पर्नु ? हिरो एकातिर, हिरोइन अर्कै्तिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले माओवादीको सम्बन्ध त्यस्तै भयो ।

१९. गोरु नांगो देख्दा मलाई अहिलेसम्म लाज लागेको छैन ।

२०. खहरे आएका बेला ढुंगामुढा सबै बगाउँछ । खहरेको प्रभावमा परेर गरेको निर्णय गलत लाग्यो भने जनताले सच्याउँछन् । यो ‘जनकरेक्सन’ हो ।

२१. झुम्रा, कागज र अरू मटेरियल त पहिल्यै थिए, तर ती पहिल्यै थिए भनेर मैले पुतली बनाएँ भन्न मिल्दैन । जसले सबै मटेरियललाई मिलाएर पुतली बनाउन सिकायो, त्यो उसैले बनाएको भन्नुपर्छ ।

२२. माओवादीलाई सुधार्नु अप्ठ्यारो काम रहेछ । औषधि खुवायो, निल्दैन । एकछिन मुखैमा राख्छ, यताउति हेरेर ओकलिहाल्छ । अनि, हामी के गर्नु त ?

२३. गोगो साबुनको विज्ञापनमा भन्छ नि, ‘गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई नै लखेट्ने’ भनेजस्तै एमालेजस्तो पार्टीलाई गाईले पनि लखेट्या छ, कुखुराले पनि लखेट्या छ । कुखुराको पनि ठूलो भाले होइन, चल्लाले लखेट्या छ । एमालेजस्तो पार्टीलाई अरूले गालामा चड्याम्म हान्छ, अनि ‘कस्तो दुख्नेगरी हानेको सहन्नँ है म’ भन्या छ ।

२४. जबजलाई कहाँ टीको लगाइदिनुपर्छ, कहाँ गाजल लगाइदिनुपर्छ, कहाँ लिपस्टिक लगाइदिनुपर्छ भनेर बहस गर्ने कि जबजले भनेअनुसार उग्रवामपन्थी र दक्षिणपन्थीविरूद्ध लड्न थाल्ने ?

२५. संविधानसभामा वामपन्थीको दुईतिहाइ बुहमत भनेर त्यसै छाती पिट्दै हिँडेर हुन्छ ? आफ्नो खेतमा खडेरी प¥या छ । त्यसमाथि त्यहीँ बाँदर पल्क्या छ । काकाको खेतमा धान फल्यो भनेर खुशी हुने ?

२६. बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन ।

२७. युपी र बिहार समथर छ भन्दैमा त्यो पनि तराई मधेसमै ल्याउँने ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बार्‍ह वर्षपछि बालबालिकामा आउने हार्मोनको फेरबदल..
बार्‍ह वर्षपछि बालबालिकामा आउने हार्मोनको फेरबदल..
फाँसीको अघिल्लो दिन निर्भया बलात्कारका दोषीको जेलमा रुवावासी
फाँसीको अघिल्लो दिन निर्भया बलात्कारका दोषीको जेलमा रुवावासी
बग्गिखानामा बाइक स्टन्ट, पुरै कार्यक्रम गर्न प्रहरिले किन राेक्याे ?(फाेटाे भिडियाे)
बग्गिखानामा बाइक स्टन्ट, पुरै कार्यक्रम गर्न प्रहरिले किन राेक्याे ?(फाेटाे भिडियाे)
१० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध
१० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध
गोरेले अदालतमा यसरी ढोगे
गोरेले अदालतमा यसरी ढोगे
बल प्रधानमन्त्रीको खुट्टामा छ, उहाँले गोल हान्नुपर्छ :कांग्रेस
बल प्रधानमन्त्रीको खुट्टामा छ, उहाँले गोल हान्नुपर्छ :कांग्रेस
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
Romantic relationship Questions to Check with Your Girlfriend – Five Convenient Questions to Obtain a Deep Romantic relationship
राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै
राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै
यी हुन् प्रदेशमा स्थापना हुने सरकारी कार्यालयहरू
यी हुन् प्रदेशमा स्थापना हुने सरकारी कार्यालयहरू

तपाईंले छुटाउनुभयो कि?