प्रधानमन्त्री देउवाको हातमा यी तीन जनाको नाम: कसले मार्ला बाजी ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाको हातमा यी तीन जनाको नाम: कसले मार्ला बाजी ?

सारांश

  • काठमाडौं, पुस ३० ।
  •   २ नम्बर प्रदेशको प्रमुख को बन्ने भन्ने शनिबारबाट दौड सुरु भएको छ ।
  • सरकारले अब बस्ने मन्त्रिपरिषदको बैठकमा प्रदेश प्रमुख नियुक्ती गर्दैछ ।

काठमाडौं, पुस ३० ।  २ नम्बर प्रदेशको प्रमुख को बन्ने भन्ने शनिबारबाट दौड सुरु भएको छ । सरकारले अब बस्ने मन्त्रिपरिषदको बैठकमा प्रदेश प्रमुख नियुक्ती गर्दैछ । सोही अनुसार प्रदेश प्रमुखका लागि मधेशवादी दलले पनि आफ्नो दावी पेश गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष विभिन्न व्यक्तित्वहरुको नाम सिफारिश गरिसकेको स्रोतको दाबी छ ।

दुई नम्वर प्रदेशमा राजपा र फोरमले बहुमत ल्याएका छन् । उनीहरुले प्रदेश प्रमुख नियक्तिका लागि आ-आफ्नो फेभरका व्यक्तित्वको नाम सिफारिश गरिसकेका छन् । स्रोतका अनुसार राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दुवै नेताले आ-आफनो फेभरका व्यक्तिको नाम प्रधानमन्त्री देउवालाई बुझाएका छन् ।

राजपा नेपाल निकट उच्च स्रोतका अनुसार अध्यक्ष ठाकुरले आफ्ना सम्धी उमाकान्त झाको नाम सिफारिश गरेका छन् भने यता उपेन्द्रले रत्नेश्वर कायस्थको नाम बुझाएका छन् । ठाकुर र यादवले सिफारिश गरेका यी दुवैजना नेपाल सरकारका पूर्व सचिव पनि हुन् ।

यता नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि देउवालाई भेटेरै नयाँ नाम सिफारिश गरेका छन् । उनले लोकेन्द्र मल्लिकलाई प्रदेश प्रमुख बनाउनुपर्ने डिमाण्ड देउवासामू गरेका छन् ।

मल्लिक पूर्व न्यायाधीश हुन् । मधेशबाट यी तीनजनाको नाम प्रदेश प्रमुख नियुत्तीका लागि प्रधानमन्त्री देउवाको हातमा पुगिसकेको छ ।

प्रधानमन्त्री देउवाले कसलाई प्रमुख बनाउँछन् त यो भने अब चासोको विषय बनेको छ । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार देउवा भने सकेसम्म सहमितबाटै बनाउनुपर्नेमा उभिएका छन् । यदि लाख कोशिश गर्दापनि सफल नभए उनले यी तीन जना कसैलाई पनि नबनाउन सक्ने पनि अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलियो
बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलियो
एमालेको तर्फबाट निर्वाचित काभ्रे धुलिखेलका वडा अध्यक्षको मृत्यु
एमालेको तर्फबाट निर्वाचित काभ्रे धुलिखेलका वडा अध्यक्षको मृत्यु
एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँडमै सकस
एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँडमै सकस
सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने
सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने
बाढीपीडितको राहतमा जुटे युएईका संघसंस्था, ५ हजार दिराम संकलन
बाढीपीडितको राहतमा जुटे युएईका संघसंस्था, ५ हजार दिराम संकलन
अरुण तेस्रो आयोजनाको सुरुङ भित्र  ४ जना कामदारको मृत्यु
अरुण तेस्रो आयोजनाको सुरुङ भित्र ४ जना कामदारको मृत्यु
दशै मनाउदै गर्दा बिदेशमा भाको नेपालीले गरे नेपालीकै हत्या…
भारतमा हिमताल फुट्दा १० को मृत्यु, ८२ बेपत्ता
भारतमा हिमताल फुट्दा १० को मृत्यु, ८२ बेपत्ता

तपाईंले छुटाउनुभयो कि?