४१ जनालाई जेल पठाउने मेनुकाको यस्तो माघे संक्रान्ति
सारांश
- काठमाडौं, १ माघ ।
- अहिलेसम्म ४१ जना अपराधीहरुलाई जेलमा पठाउन सफल संघर्षशील महिला मेनुका थापाले आफ्ना ५५ जना छोरीहरुसहित धुमधामसँग माघे संक्रान्ति पर्व मनाएकी छन् ।
- यौन हिंसापीडितहरुको पक्षमा दह्रो आवाज उठाउँदै आएकी मेनुका रक्षा नेपालमा रहेका ५५ जना छोरीहरुको साझा आमा बनेकी छन् ।
काठमाडौं, १ माघ । अहिलेसम्म ४१ जना अपराधीहरुलाई जेलमा पठाउन सफल संघर्षशील महिला मेनुका थापाले आफ्ना ५५ जना छोरीहरुसहित धुमधामसँग माघे संक्रान्ति पर्व मनाएकी छन् ।
यौन हिंसापीडितहरुको पक्षमा दह्रो आवाज उठाउँदै आएकी मेनुका रक्षा नेपालमा रहेका ५५ जना छोरीहरुको साझा आमा बनेकी छन् । उनै मेनुकाले माघे संक्रान्तिको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुसहित माघे संक्रान्ति पर्वमा खुशी साटासाट गरेकी छन् ।
त्यस अवसरमा ग्रिन सिटी हस्पिटलका अध्यक्ष एलपी टण्डन, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, चर्चित चलचित्र निर्देशक आकाश अधिकारी, समाजसेवी÷उद्यमी विष्णु क्षेत्री, अख्तियारकी प्रहरी निरीक्षक तुलसा खतिवडा, समाजसेवी राजेश गौतम लगायतको उपस्थिति रहेको थियो । उहाँहरुले रक्षा नेपाल र मेनुका थापाको उदाहरणीय कामको प्रशंसा गर्दै काँधमा काँध मिलाएर रक्षा नेपालसँगै अगाडि बढ्ने धारणा व्यक्त गरेका थिए ।
त्यस अवसरमा रक्षा नेपालमा रहेका छोरीहरुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया