१० वर्षपछि यसरी खुल्यो पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको रहस्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०७४
|
|
५६ पटक हेरिएको
Shares
१० वर्षपछि यसरी खुल्यो पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको रहस्य

सारांश

  • इस्लामावाद ।
  • हत्या भएको करीव १० वर्षपछि पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको रहस्य खुलेको छ ।
  • तालिवानका एक संस्थापक नेताले हालै प्रकाशन गरेको पुस्तकमा पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्या तालिवानले गरेको भनी जिम्मेवारी लिइएको छ ।

इस्लामावाद । हत्या भएको करीव १० वर्षपछि पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको रहस्य खुलेको छ । तालिवानका एक संस्थापक नेताले हालै प्रकाशन गरेको पुस्तकमा पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्या तालिवानले गरेको भनी जिम्मेवारी लिइएको छ ।

पूर्वप्रधानमन्त्री भुट्टोले अमेरिकासँग मिलेर “मुजाहिद्दिन–ए–इस्लाम” विरुद्ध एक्सन लिने योजना बनाएकाले उनको हत्या गरेको तालिवानका संस्थापक नेता बैतुल्लाह मेहसुदद्वारा लिखित पुस्तकमा दाबी गरिएको छ । भुट्टो सत्तामा फर्किएपछि अमेरिकासँग मिलेर “मुजाहिद्दिन–ए–इस्लाम”विरुद्ध कारवाही गर्ने योजनामा थिइन् भन्ने दावी पुस्तकमा गरिएको छ ।

सन् २००७ मा आत्मघाती बम हमलामा मारिएकी भुट्टोको हत्याको जिम्मेवारी आजसम्म कुनै संगठनले लिएको थिएका थिएनन् । तालिबानका संस्थापकले लेखेको “इन्क्लाब महसुद दक्षिणी बजिरिस्तानः ब्रिटिस राज्यदेखि अमेरिकी साम्राज्यवादसम्म” नामक पुस्तकमा पहिलोपटक यो हत्याको जिम्मेवारी लिइएको हो । पाकिस्तान पिपुल्स पार्टीकी प्रमुख भुट्टोको २७ डिसेम्बर २००७ मा चुनावी सभालाई सम्बोधन गरी फर्किने क्रममा आत्मघाति हमलामा मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी
लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान
लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान
कसरी बन्न सफल भए सिन्धुपाल्चोकका कमल भण्डारी , बौद्ध भिक्षु ङवाङ ?
कसरी बन्न सफल भए सिन्धुपाल्चोकका कमल भण्डारी , बौद्ध भिक्षु ङवाङ ?
कतारमा नेपाली एकता समाज पाँचौं राष्ट्रिय सम्मेलनको तयारीमा
कतारमा नेपाली एकता समाज पाँचौं राष्ट्रिय सम्मेलनको तयारीमा
तालिबानसँगकाे वार्ता रद्द गर्ने निर्णयले सबैभन्दा बढी अमेरिकालाई घाटा हुने चेतावनी
तालिबानसँगकाे वार्ता रद्द गर्ने निर्णयले सबैभन्दा बढी अमेरिकालाई घाटा हुने चेतावनी
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै
विश्वकाे सबैभन्दा बढी देशमा क्रिकेट खेल्ने खेलाडीकाे सूचीमा सन्दिप !
विश्वकाे सबैभन्दा बढी देशमा क्रिकेट खेल्ने खेलाडीकाे सूचीमा सन्दिप !
सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि
सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि
चन्द्रा शाहको मृत्युबारे छबुँदे सहमति
चन्द्रा शाहको मृत्युबारे छबुँदे सहमति
एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता