इन्धनमा खुलेआम कालोबजारी, ५० लिटर तेल हाल्ने ७० लिटरकाे पैसा असुल्ने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
इन्धनमा खुलेआम कालोबजारी, ५० लिटर तेल हाल्ने ७० लिटरकाे पैसा असुल्ने !

सारांश

  • बिस्नु फडेरा,काठमाडाै, २२ असाेज ।
  •   धनुषा जिल्ला बग्वा ६, कुम्हारौडामा रहेको लक्ष्मी नियाँ आयल स्टोरले इन्धनमा खुलेआम कालोबजारी गरिरहेको छ ।
  • BRO1DJ3322 प्लेट नम्मरको गाडीमा सेवा ग्राहीले १५ लिटर डिजेल भर्दा पनि गाडिमा रहेको सुईको संकेत अलिकति पनि नबढेपछि ३ लिटर डिजेल मात्र दिएको आरोप लगाउदै आक्रोसित भएका थिए ।

बिस्नु फडेरा,काठमाडाै, २२ असाेज ।  धनुषा जिल्ला बग्वा ६, कुम्हारौडामा रहेको लक्ष्मी नियाँ आयल स्टोरले इन्धनमा खुलेआम कालोबजारी गरिरहेको छ । BRO1DJ3322 प्लेट नम्मरको गाडीमा सेवा ग्राहीले १५ लिटर डिजेल भर्दा पनि गाडिमा रहेको सुईको संकेत अलिकति पनि नबढेपछि ३ लिटर डिजेल मात्र दिएको आरोप लगाउदै आक्रोसित भएका थिए । ती व्यक्ति छिमेकि राष्ट्र भारत देखि जनकपुर भ्रमणका लागी आएका थिए । प्रदेश नम्मर २ को राजधानी पवित्र ठाँउ मानिने जनकपुरमा केहि व्यपारीहरुको कालोबजारीले गर्दा बदनामी हुनु परेको र नराम्रो सन्देस बाहिरि रहेको छ ।   गाडि नं. ज १ ख ६७६ प्लेट नम्मरको गाडी चालकले ५५ लिटर डिजेल भर्दा ट्याङ्की फुल हुनु पर्नेमा विगत लामो समय देखि पम्पकाे तेलकाे परिणाममा  ७० लिटर देखिने गरेकाे र साे काे अाधारमा पम्पले पैसा असुल्ने गरेकाे अारोप यस आयल स्टोर माथि रहेको छ । यी त एक उदाहरण मात्रै हुन् , यस आयल स्टोरबाट सेवा लिने कैयौँ उपभोक्ताहरु ठगिने गरिएको छ । सेवाग्राहिहरुले एक लिटरको बोतलमा डिजेल भरेर चेक गर्न अनुरोध गर्दा पनि लक्ष्मी नियाँ आयल स्टोरमा कार्यरत कर्मचारीले पुर्ण रुपले अस्वीकार गर्दै तपाईहरुलाई जे गर्न मन लाग्छ, जानुस् गर्नुस् भनेर उल्टै सेवाग्राहिहरुलाई कडा चुनौति समेत दिएका थिए ।

यसरी खुलेआम तोकिएको परिमाणभन्दा कम परिमाणको पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको यस आयल स्टोर सँग उच्च व्यक्तित्वहरु लगायत  कर्मचारीहरुको पनि मिलेमतो भएको भन्दै स्थानीयहरुले समेत आरोप लगाउदै आइरहेका छन्, तोकिएको भन्दा कम परिमाणमा डिजेल र पेट्रोल बिक्री वितरण भइरहेको गुनासो आएता पनि प्रसासन मौन बसेको छ ।

जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम, नाप तौल तथा गुणस्तर कार्यालयले यस पेट्रोल पम्पको अनुगमन गर्नै पर्ने गाडिमा सवार यात्रु रोहित कुमार यादवले बताए । यस किसिमका इन्धन कालोबजारी गर्ने, मापदण्ड भन्दा कम पेट्रोलियम पदार्थ दिएर ग्राहक ठग्ने आयल स्टोरलाई आवश्यक अनुगमन गरि शिलबन्दी गर्नु पर्ने आवश्यक देखिन्छ ।

हामिले याे Laxminiya Oil 45600, Janakpur  नम्बरमा सम्पर्क गर्दा कल रिसिभ भएन ।

यसैबिच याे बारेमा बुझन खाेज्दा नेपाल अायल निगममा  सम्पर्क हुन सकेन ।

भिडियाे हेर्नुहाेस

https://www.youtube.com/watch?v=rImfx3fynMA&feature=youtu.be

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?