सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
१६ पटक हेरिएको
Shares
सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि

सारांश

  • काठमाडौं, २१ भदौ ।
  • नेपाल पत्रकार महासंघको आयोजनामा भोलि बानेश्वरमा पत्रकारहरुले आआफ्ना सञ्चार उपकरणसहित प्रदर्शन गर्ने भएका हुन् ।
  • देवानी तथा फौजदारी संहितामा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधानहरु संशोधन हुनुपर्ने मागसहित प्रदर्शन गर्न थालिएको महासंघले जनाएको छ ।

काठमाडौं, २१ भदौ । नेपाल पत्रकार महासंघको आयोजनामा भोलि बानेश्वरमा पत्रकारहरुले आआफ्ना सञ्चार उपकरणसहित प्रदर्शन गर्ने भएका हुन् । देवानी तथा फौजदारी संहितामा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधानहरु संशोधन हुनुपर्ने मागसहित प्रदर्शन गर्न थालिएको महासंघले जनाएको छ ।

पत्रकारहरुले भोलि दिउँसो साढे २ बजे बानेश्वरमा सञ्चार उपकरणसहित संहिताको संशोधनको मागसहित विरोध प्रदर्शन गर्ने तयारी भइरहेको छ । महासंघले सबै पत्रकारहरुलाई आआफ्ना सञ्चार उपकरणसहित प्रदर्शनमा सहभागी हुन आग्रह गरेको छ ।

महासंघको पहिलो चरणको अन्तिम कार्यक्रमस्वरुप यस्तो प्रदर्शन गर्न थालिएको उपाध्यक्ष दिलीप थापामगरले बताए । सरकारले पत्रकारहरुको आवाज नसुनेमा दोस्रो चरणको थप कार्यक्रम सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।

प्रदर्शनपछि महासंघका पूर्व अध्यक्षहरु, अध्यक्ष तथा विभिन्न सञ्चार संगठनका प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?