यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
सारांश
- काठमाडौं, ३ माघ ।
- एमाले माओवादी केन्द्रको संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा भागवण्डा गरेको छ ।
- कार्यदलले गरेको भागवण्डाअनुसार एमालेले २९ र माओवादी केन्द्रले १४ सिट पाउने भएका छन् ।
काठमाडौं, ३ माघ । एमाले माओवादी केन्द्रको संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा भागवण्डा गरेको छ । कार्यदलले गरेको भागवण्डाअनुसार एमालेले २९ र माओवादी केन्द्रले १४ सिट पाउने भएका छन् ।
एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको कार्यदलको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने एमाले नेता सुवासचन्द्र नेम्वाङले बताए । राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसँग पनि तालमेलपछि निर्णय गरिने बताइएको छ ।
कुन प्रदेशमा कति सिट ?
प्रदेश १ः एमाले ५, माओवादी १
प्रदेश २ः एमाले १, माओवादी १
प्रदेश ३ः एमाले ५, माओवादी १
प्रदेश ४ः एमाले ४, माओवादी २
प्रदेश ५ः एमाले ४ सिट, माओवादी २
प्रदेश ६ः एमाले ५, माओवादी ३
प्रदेश ७ः एमाले ४, माओवादी २
Appan Limbu
Lag vag sahi nirnaya ho