मर्यादित पत्रकारिताका नाममा मिडियामाथि हुने कुनै पनि नियन्त्रण अमान्य: पोख्रेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
मर्यादित पत्रकारिताका नाममा मिडियामाथि हुने कुनै पनि नियन्त्रण अमान्य: पोख्रेल

सारांश

  • काठमाडौं, ८ जेठ ।
  • नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले मर्यादित पत्रकारिताका नाममा मिडियामा हुने कुनै पनि खालको नियन्त्रण मान्य नहुने बताएका छन् ।
  • सरकारको नीति तथा कार्यक्रममा मिडियालाई मर्यादित र जिम्मेवार बनाइने उल्लेख गरिएकोमा नेपाल पत्रकार महासंघमा आज आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष पोख्रेलले त्यसलाई प्रष्ट पार्न सरकारलाई आग्रह गरे ।

काठमाडौं, ८ जेठ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले मर्यादित पत्रकारिताका नाममा मिडियामा हुने कुनै पनि खालको नियन्त्रण मान्य नहुने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा मिडियालाई मर्यादित र जिम्मेवार बनाइने उल्लेख गरिएकोमा नेपाल पत्रकार महासंघमा आज आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष पोख्रेलले त्यसलाई प्रष्ट पार्न सरकारलाई आग्रह गरे । “सहजीकरणका लागि उल्लेख गरिएको हो भने ठीक छ”, कार्यवाहक अध्यक्ष पोख्रेलले भने, “तर नियन्त्रण गर्ने आशय भए मान्य हुँदैन ।”

महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र विष्टले कानूनीरुपमै सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने प्रवृत्ति विश्वव्यपीरुपमा बढिरहेको भन्दै नेपालमा त्यसको सम्भावना तत्काल नभए पनि सचेत रहन आवश्यक रहेको धारणा व्यक्त गरे ।

पत्रकार महासंघका सल्लाहकार तीर्थ कोइरालाले मिडियामा पेशागत असुरक्षा र स्वनियन्त्रण रहेको भन्दै पत्रकारिता क्षेत्रमा रहेका कमजोरीलाई न्यूनीकरण गर्न पत्रकारलाई पनि सचेत गराउनुपर्ने बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले मिडियामा पेशागत असुरक्षा भएपनि समितिमा उजुरी भने कम आउने गरेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका सूचना अधिकारी डा. टीकाराम पोखरेलले मिडिया राष्ट्रिय मानवअधिकार आयोगको सहयोगीका रुपमा रहेको भन्दै मिडियामा आएपछि नै धेरैजसो घटनाको अनुसन्धान गर्ने बताए ।

प्रेस काउन्सिलका सूचना अधिकारी दीपक खनालले आचासंहिता उल्लंघनका घटनाहरु बढिरहेको भन्दै सबैभन्दा बढी उजुरी अनलाइनबारे परेको बताए । अहिलेसम्म एक सय उजुरी परेको जानकारी दिँदै उनले त्यसमध्ये ६० वटा अनलाइन सम्बन्धी भएको बताए । सूचना अधिकारी खनालले कतिपय अवस्थामा पत्रकारहरुले जानेरै आचारसंहिता उल्लङ्घन गर्ने गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
तालिबान लडाकूद्वारा नौ प्रहरीको हत्या
तालिबान लडाकूद्वारा नौ प्रहरीको हत्या
तन्नेरीलाई ‘बुढो’ बनाउने फेसएप चलाउँदा यस्तो छ जोखिम
तन्नेरीलाई ‘बुढो’ बनाउने फेसएप चलाउँदा यस्तो छ जोखिम
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन
रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन
न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा
न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या
मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या
कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस मर्दैन : प्रवक्ता शर्मा
कम्युनिष्टको आँधीहुरीले केही हाँगा भाँच्चिदैमा काँग्रेस मर्दैन : प्रवक्ता शर्मा
चन्द्रागिरी केवलकारको टिकट अब गणेश हिमाल ट्रेकिङ एण्ड टूर्सबाटै खरिद गर्न सकिने
चन्द्रागिरी केवलकारको टिकट अब गणेश हिमाल ट्रेकिङ एण्ड टूर्सबाटै खरिद गर्न सकिने

तपाईंले छुटाउनुभयो कि?