मिल्ने भए एमाले र माओबादी ! सम्भवत आजै सहमतिपत्रमा हस्ताक्षर हुने
सारांश
- काठमाडौँ, १७ असोज ।
- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ नेकपा माओबादीबीच चुनावी तालमेल भएको छ ।
- चुनावपछि पार्टी एकता गर्ने गरी तालमेलमा सहमति भएको हो ।
काठमाडौँ, १७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ नेकपा माओबादीबीच चुनावी तालमेल भएको छ । चुनावपछि पार्टी एकता गर्ने गरी तालमेलमा सहमति भएको हो । सम्भवत आजै सहमतिपत्रमा हस्ताक्षर हुन्छ
नेता खनालका अनुसार, एमालेले ६० प्रतिशत र माओवादी केन्द्रले चालिस प्रतिशतको अनुपातमा उम्मेदवार उठाउने सहमति भएको छ । चुनाव चिन्ह भने सूर्य नै हुनेछ । प्रधानमन्त्री, राष्ट्रपति जस्ता पदहरु चुनावपछि तय गर्ने समझदारी देखिएको छ
मुख्य कुरा पार्टीको नेतृत्वका विषयमा छ । माओवादीले आलोपालो नेतृत्वको प्रस्ताव गरिरहेको छ । एमालेले भने माओवादी नेताहरुलाई स्थायी र केन्द्रीय कमिटीमा व्यवस्थापनका लागि प्रस्ताव गरिरहेको स्रोतले बतायो ।
पार्टीको नेतृत्वको कुरा टुंगो लागेपछि सबै कुरा मिल्छ
दुई पार्टीबीचको समझदारीलाई निष्कर्षमा पुर्याउने उच्चस्तरीय वार्ता समितिले गृहकार्य गरिरहेको छ । ७ सदस्यीय उच्चस्तरीय संयोजन समितिमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम छन् । यसैगरी, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन्
एमालेसँग एकता प्रस्ताव माओवादीको हेडक्वार्टर बैठकले अत्याधिक बहुमतले पारित गरेको छ । नेताहरुले तालमेल मात्र भन्दा पनि पार्टी एकतालाई नै बढी जोड दिएका छन् । एउटा अभियानका साथ चुनावमा होमिँदा एमाले र माओवादी केन्द्रका नेताहरुले अत्याधिक सिट जित्ने नेताहरुको विश्वास छ
प्रतिक्रिया