सगरमाथामा ट्राफिक जाम

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २, २०७४
|
|
२५६ पटक हेरिएको
Shares

सारांश

  •  सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ ।
  • सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन् ।
  • मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने जोखिम हुन्छ ।
 सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ ।
सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन् । मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने जोखिम हुन्छ ।
सगरमाथा आरोहणका लागि अघिल्लो वर्षको तुलनामा यस वर्ष आरोही अधिक रहेको पर्यटन विभागले जनाएको छ । आरोहीको सङ्ख्या अधिक रहेकाले यस वर्ष सगरमाथामा ट्राफिक जाम हुने खतरा रहेको आरोहण सहयोगीको बुझाई छ  ।
सन् २०१४ मा सगरमाथामा गएको हिम पहिरोका कारण आरोहण अवरुद्ध भएपछि मार्ग अनुमति लिइसकेकालाई यस वर्षसम्म पुरानै शुल्कमा आरोहण गर्ने सुविधा दिइएकाले आरोहीको सङ्ख्यामा वृद्धि भएको विभागले जनाएको छ ।
विसं २०७१ पछि तीन वर्षभित्र आरोहण गरे पहिले लिएकै अनुमतिपत्रलाई आधार मानेर पहिले तिरेकै शुल्कमा आरोहण गर्ने सुविधा सरकारले दिएको छ । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले भन्नुभयो “तीन वर्षको अवधिको यो अन्तिम वर्ष यो हो, अवसर नगुमाउन पहिला नै अनुमति लिएका आरोही आएका छन् । त्यसैले आरोहीको सङ्ख्या यस वर्ष अधिक हुने भएको हो ।” अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि दुई सय ८९ जना अनुमति लिई आधार शिविर पुगेका थिए । यस वर्ष अहिले नै दुई सय ६७ जना नाम्चेबाट उकालो लागिसकेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कार्यक्रम अधिकृतले जानकारी दिए ।
आरोही वैशाखको मध्यसम्म अनुमति लिएर जाने गर्छन् । सम्पर्कमा आउने क्रम बढिरहेकाले यो सङ्ख्या बढी झन्डै चार सय पुग्ने विभागले जनाएको छ ।
आरोहणका लागि अनुमति लिनेभन्दा उनीहरुका सहयोगी बढी हुने गर्छन् । प्रत्येक आरोहीसँगै आरोहण सहयोगी पनि जाने भएकाले यस वर्ष एक हजारको हाराहारीमा मानिस सगरमाथाको शिखरमा पुग्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्य अझै ओझेलमा !
ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्य अझै ओझेलमा !
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
ठमेल र पोखरा २४ सै घण्टा खुल्ला राख्न सुरक्षा व्यवस्था मिलाउँछौं : गृहमन्त्री शर्मा
ठमेल र पोखरा २४ सै घण्टा खुल्ला राख्न सुरक्षा व्यवस्था मिलाउँछौं : गृहमन्त्री शर्मा
आफ्नो जन्म गाउँमा साढे २ सय रोपनी जग्गा किन्दै प्रधानमन्त्री ओली
आफ्नो जन्म गाउँमा साढे २ सय रोपनी जग्गा किन्दै प्रधानमन्त्री ओली
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान
किन धर्मसंकटमा माओवादी र एकीकृत समाजवादी ?
किन धर्मसंकटमा माओवादी र एकीकृत समाजवादी ?
नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।
नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।
सुरु भयो डीआइजीहरुको सरुवा चलखेल : दुई भाइको भिडन्त !!
सुरु भयो डीआइजीहरुको सरुवा चलखेल : दुई भाइको भिडन्त !!
प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या
प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या
सेनाको बढुवा विवाद सर्वोच्चमा, सुडान मिसनमा रहे पनि मुद्दा हाल्न नेपाल !
सेनाको बढुवा विवाद सर्वोच्चमा, सुडान मिसनमा रहे पनि मुद्दा हाल्न नेपाल !