हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
हातमा रित्तो थाल, चम्चा र डाडु बोकेर महिलाहरुको विरोध प्रदर्शन

सारांश

  • दाङ, ६ माघ ।
  • सरकारले प्रदेशको राजधानी तोकेदेखि आन्दोलनमा उत्रिएका दाङवासीले पाँचौं दिन पनि आन्दोलनलाई जारी राखेका छन् ।
  • पूर्वपश्चिम राजमार्गमा पर्ने लमहीमा राजमार्गकेन्द्रित कार्यक्रम जारी रहेको छ भने तुलसीपुरमा महिलाहरुले हातहातमा रित्तो थाल र चम्चा बोकेर सरकारको विरोध गरेका छन् ।

दाङ, ६ माघ । सरकारले प्रदेशको राजधानी तोकेदेखि आन्दोलनमा उत्रिएका दाङवासीले पाँचौं दिन पनि आन्दोलनलाई जारी राखेका छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने लमहीमा राजमार्गकेन्द्रित कार्यक्रम जारी रहेको छ भने तुलसीपुरमा महिलाहरुले हातहातमा रित्तो थाल र चम्चा बोकेर सरकारको विरोध गरेका छन् ।

आन्दोलनको पाचौं दिन आज महिलाहरु सडकमा आएका हुन् । सरकारले गरेको निर्णय फिर्ता हुनुपर्ने र दाङ राजधानी हुनुपर्ने मागसहित महिलाहरु सडकमा आएका हुन् । उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेताहरु पनि सडकमा आउनुपर्ने माग गदै तुलसीपुर बजारमा प्रदर्शन गरेका छन् ।

घर घरबाट निक्लिएर सडक तताएका महिलाहरुले हातहातमा थाल, डाडु, चम्चा र भाँडा लिएर सडकमा आन्दोलित भएका छन् । उनीहरुले ¥यालीमा भाँडाहरु बजाउँदै विरोध जनाएको छन् ।

सरकारले प्रदेश नं ५ को अस्थायी मुकमा दाङ नतोकेको भन्दै निर्णय फिर्ता नहुन्जेल आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । सयौं संख्यामा भाँडा बजाउँदै सडकमा निस्किएका महिलाहरुले आन्दोलनलाई थप सशक्त गराउँदै लैजाने महिला अधिकारकर्मी सुष्मा गिरीले बताइन् । उनले सबै किसिमले दाङ प्रादेशिक राजधानीको लागि उपयुक्त हुँदाहुँदै पनि आफूहरुलाई अन्याय गरेको बताइन् ।

त्यसैगरी आन्दोलनमा रहेकी सावित्रा गुरुङले पनि अब महिलाहरु आन्दोलनलाई थप सशक्त बनाउदै लैजाने बताइन् । महिलाहरुले आफूहरुले सडक संघर्षलाई निर्णय फिर्ता नलिँदासम्म जारी राख्ने बताएका छन् । गाउँ गाउँमाबाट बजारमा आएका महिलाहरुले विरोध गर्दै आज दिनभर तुलसीपुर बजारमा प्रदर्शन गरेका थिए । तुलसीपुरमा महिलाहरुले आन्दोलन थालेका छन् भने अन्य दल र संघसंस्थाहरुले राजमार्ग केन्द्रीत आन्दोन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?