पार्टी एकता संयोजन समिति बैठक सम्पन्नः गर्यो तीन महत्वपूर्ण निर्णय

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
३१ पटक हेरिएको
Shares
पार्टी एकता संयोजन समिति बैठक सम्पन्नः गर्यो तीन महत्वपूर्ण निर्णय

सारांश

  • काठमाडौं, माघ ७ ।
  • एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ ।
  • एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको बैठकले ३ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

काठमाडौं, माघ ७ । एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको बैठकले ३ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्ट अनुमोदन गर्ने पहिलो निर्णय गरेको छ ।

त्यस्तै दोस्रो निर्णय साझा चुनावी घोषणा पत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डाको कार्यान्वयनका लागि गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्ने ।

बैठकले दुई अध्यक्षद्वयबीच जारी छलफललाई निश्कर्षमा पुर्याएर वैचारिक र सांगठानिक कार्यदल बनाउने तेस्रो निर्णय गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    JN Marasini

    Good news बाम एकता जिन्दावाद ।।।
    अनि बाम तालमेल लाई फुटान असफल प्रयास गर्ने स्याल हरु कुन दुलोमा पसे ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?