पार्टी एकता संयोजन समिति बैठक सम्पन्नः गर्यो तीन महत्वपूर्ण निर्णय
सारांश
- काठमाडौं, माघ ७ ।
- एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ ।
- एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको बैठकले ३ वटा महत्वपूर्ण निर्णय गरेको छ ।
काठमाडौं, माघ ७ । एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको बैठकले ३ वटा महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्ट अनुमोदन गर्ने पहिलो निर्णय गरेको छ ।
त्यस्तै दोस्रो निर्णय साझा चुनावी घोषणा पत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डाको कार्यान्वयनका लागि गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्ने ।
बैठकले दुई अध्यक्षद्वयबीच जारी छलफललाई निश्कर्षमा पुर्याएर वैचारिक र सांगठानिक कार्यदल बनाउने तेस्रो निर्णय गरेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
JN Marasini
Good news बाम एकता जिन्दावाद ।।।
अनि बाम तालमेल लाई फुटान असफल प्रयास गर्ने स्याल हरु कुन दुलोमा पसे ?