आगलागीबाट जलेर चितवन र सिराहा २जनाको मृत्यु मृत्यु 

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १८, २०७३
|
|
५३० पटक हेरिएको
Shares
आगलागीबाट जलेर चितवन र सिराहा २जनाको मृत्यु   मृत्यु 

सारांश

  • काठमाडौं, १८ फागुन चितवन : भरतपुर उपमहानगरपालिका–११ अमनचोकस्थित नर बहादुर कुमालको घरमा विहीबार बिजुलीको तार सर्ट भई आगालागी हुदाँ सोही घरमा कोठाभाडामा बस्ने सोही उपमहानगरपालिका अमनचोकका ५५ बर्षीय बिर बहादुर कुमालको जलेर मृत्यु भएको हो।
  • आगलागीबाट घर पुर्णरुपमा जली करिव १ लाख ५० हजार रुपैयाँ बराबरको क्षती भएको छ ।
  • सिराहा : मिर्चैया नगरपालिका–८ मझुवाटोल बस्ने फुलगेन रायको घरमा बिहीबार आगलागी हुदाँ फुलगेन रायको भाई करीव ३८ बर्षीय प्रदिप रायको जलेर मृत्यु भएको छ ।

काठमाडौं, १८ फागुन
चितवन : भरतपुर उपमहानगरपालिका–११ अमनचोकस्थित नर बहादुर कुमालको घरमा विहीबार बिजुलीको तार सर्ट भई आगालागी हुदाँ सोही घरमा कोठाभाडामा बस्ने सोही उपमहानगरपालिका अमनचोकका ५५ बर्षीय बिर बहादुर कुमालको जलेर मृत्यु भएको हो। आगलागीबाट घर पुर्णरुपमा जली करिव १ लाख ५० हजार रुपैयाँ बराबरको क्षती भएको छ ।
सिराहा : मिर्चैया नगरपालिका–८ मझुवाटोल बस्ने फुलगेन रायको घरमा बिहीबार आगलागी हुदाँ फुलगेन रायको भाई करीव ३८ बर्षीय प्रदिप रायको जलेर मृत्यु भएको छ । आगलागीबाट करिव १ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?