लिल कृष्णको ‘सरु’ मा अभिनेत्री शिल्पा (भिडियो)
सारांश
- काठमाडौँ: सुमधुर स्वरका धनि गायक कृष्ण भक्त राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ।
- सार्बजनिक ‘सरु’ बोलको गीतमा लिल कृष्ण पुनको शब्द तथा संगीत रहेको छ ।
- लामो समय देखि जापानमा बस्दै आएका श्रस्टा लिल कृष्ण पुन नेपाली गीत संगीतमा सक्रिय नाम हो ।
काठमाडौँ: सुमधुर स्वरका धनि गायक कृष्ण भक्त राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक ‘सरु’ बोलको गीतमा लिल कृष्ण पुनको शब्द तथा संगीत रहेको छ । लामो समय देखि जापानमा बस्दै आएका श्रस्टा लिल कृष्ण पुन नेपाली गीत संगीतमा सक्रिय नाम हो । सागर बिरहीले संगीत संयोजन गरेको गीतको भिडियोलाइ क्रान्ति केसीले सम्पादन तथा निर्देशन गरेका हुन् ।
अजय रेग्मीले छायाँकन गरेको भिडियोलाइ संगम ईन्टरटेन्मेन्टले निर्माण गरेको हो । गीतको भिडियोमा बिक्रम बुढाथोकी, नेपाली चलचित्रकी अभिनेत्री शिल्पा पोखरेल र प्रकाश गौतमलाई फिचर्ड गरिएको छ । भिडियोलाइ संगम ईन्टरटेन्मेन्टको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया