गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
सारांश
- काठमाडौं, माघ ८ ।
- आज देशभरका सरस्वती मन्दिरहरुमा पूजा आराधना गर्न श्रद्धालुको भीड छ ।
- विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ ।
काठमाडौं, माघ ८ । आज देशभरका सरस्वती मन्दिरहरुमा पूजा आराधना गर्न श्रद्धालुको भीड छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
त्यस्तै सुकेधारमा रहेको गोल्डेन गार्डेन स्कुलमा पनि बालबालिकाहरुलाई बिहानै भेला गरेर शिक्षाकी देवी सरस्वतीको पुजा गराइएको छ । पुजामा करिब २०० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्छन् ।
विद्यार्थीहरुलाई शिक्षक÷शिक्षिकाहरुले माथि भनेजसतै नामले शिक्षाकी देवी सरस्वतीलाई पुकार्न लगाएका थिए । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
बाँकी तस्बिरमा हेर्नुहोस् :–

प्रतिक्रिया