कहाँ छन् वान्टेड सूचिमा रहेका तीन सांसद ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
३० पटक हेरिएको
Shares
कहाँ छन् वान्टेड सूचिमा रहेका तीन सांसद ?

सारांश

  • नेपाल प्रहरीको मोस्ट वान्टेड सूचिमा तीन निर्वाचित सांसद रहेका छन् ।
  • पूर्व डिआइजी नवराज सिलवाल, रेशम चौधरी र प्रदेशसभा सांसदमा निर्वाचित राजीव गुरुङ अर्थात दीपक मनाङ्गे प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका सांसद हुन् ।
  • प्रहरी महानिरीक्षक बढुवा सम्बन्धी विवादमा सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिएपछि नेपाल प्रहरीले सिलवाललाई खोजी गर्दै आएको छ ।

नेपाल प्रहरीको मोस्ट वान्टेड सूचिमा तीन निर्वाचित सांसद रहेका छन् । पूर्व डिआइजी नवराज सिलवाल, रेशम चौधरी र प्रदेशसभा सांसदमा निर्वाचित राजीव गुरुङ अर्थात दीपक मनाङ्गे प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका सांसद हुन् । प्रहरी महानिरीक्षक बढुवा सम्बन्धी विवादमा सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिएपछि नेपाल प्रहरीले सिलवाललाई खोजी गर्दै आएको छ । सिलवाललाई देशभित्र फेला पार्न नसके पछि प्रहरीले इन्टरपोललाई समेत गुहारेको छ । नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भए पछि सिलवाललाई अब ९२ देशका प्रहरीले निगरानी राख्नेछन् ।

थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने लगायतका प्रहरी मारिएको मुद्दामा जिल्ला अदालत कैलालीले रेशम चौधरीलाई पक्राउ गर्न आदेश जारी गरेको थियो । यही कारण सांसदमा निर्वाचित भए पनि चौधरी सार्वजनिक हुन सकेका छैनन् । चौधरीले विजयी बनेको प्रमाणपत्र समेत लिन पाएका छैनन् ।

त्यस्तै ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत, पाटनले दोषी ठहर गरेका मनाङ्गे प्रहरीको वान्टेडमा छन् । पक्राउ पर्ने डरकै कारण उनी आइतबार प्रदेश ४ को अस्थायी राजधानी पोखरामा आयोजित सपथग्रहण कार्यक्रममा सहभागि भएनन् ।

पूर्वडीआईजी सिलवाल नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर–१ बाट र चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् भने मनाङ्गे मनाङ प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित भएका हुन । प्रहरीको वान्टेड सूचीमा रहेका सिलवाल, चौधरी र मनाङे तीनै जना फरार छन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Beda P. Timilsina

    आ-आफ्नै सुर ताल मा मग्न होलान ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?