दुई मतान्तरले घरपझोङमा गठबन्धन विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
२० पटक हेरिएको
Shares
दुई मतान्तरले घरपझोङमा गठबन्धन विजयी

सारांश

  • मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
  • अध्यक्षको उम्मेदवार कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका छन् ।
  • मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरे ।

मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षको उम्मेदवार कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका छन् । मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेको कार्यालयले जनाएको छ ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६ दशमलव ६८ प्रतिशत अर्थात् एक हजार ५९८ मत खसेको थियो । गत स्थानीय तह चुनावमा घरपझोङको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

यसैबीच घरपझोङ गाउँपालिका–३ को वडाध्यक्षमा एमालेका फणिन्द्र थकालीसहितका उम्मेदवार विजयी भएका छन् भने घरपझोङ–४ को वडाध्यक्षमा कांग्रेसका यमप्रसाद थकाली सहितको प्यानल विजय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन नारायणगढ सडकमा यात्रा गर्दै हुनुहुन्छ भने एसएमएस गरेर मात्रै जानुस्
मुग्लिन नारायणगढ सडकमा यात्रा गर्दै हुनुहुन्छ भने एसएमएस गरेर मात्रै जानुस्
सर्वोच्च र उच्च अदालतका लागि १२ न्यायाधीश सिफारिस
सर्वोच्च र उच्च अदालतका लागि १२ न्यायाधीश सिफारिस
विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिको १५ बुँदे सन्देश
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )
रणबिर कपूरले स्टेजमा बोल्दै गर्दा आलियाको आँखाबाट झर्‍यो आँसु
रणबिर कपूरले स्टेजमा बोल्दै गर्दा आलियाको आँखाबाट झर्‍यो आँसु
​पुननिर्माण प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले गरे यस्तो निर्णय
​पुननिर्माण प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले गरे यस्तो निर्णय
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
चुनावपछि मात्र एमाले-माओवादीबीच पार्टी एकता
चुनावपछि मात्र एमाले-माओवादीबीच पार्टी एकता
चिनियाँ रक्षा मन्त्री चानको सम्मानमा रात्रीभोजको आयोजना
चिनियाँ रक्षा मन्त्री चानको सम्मानमा रात्रीभोजको आयोजना

तपाईंले छुटाउनुभयो कि?