हङकङलाई ६ रनले हराउदै नेपालको सान्दर जीत …

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २७, २०७३
|
|
१६९ पटक हेरिएको
Shares
हङकङलाई ६ रनले हराउदै नेपालको सान्दर जीत …

सारांश

  • काठमाडौँ: आइसिसी महिला विश्वकप क्रिकेट एसियाली विश्वकप छनोटमा नेपालले हङकङलाई ६ रनले हराएको छ ।
  • हङकङको कोउलुन क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले आइसीसी महिला विश्वकप क्रिकेट २०१७ को एशियाली छनोटको खेलमा हङकङलाई ६ रनले हराएको हो ।
  • टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७५ रनमै समेटियो ।

screenshot_2016-10-13-21-30-20
काठमाडौँ: आइसिसी महिला विश्वकप क्रिकेट एसियाली विश्वकप छनोटमा नेपालले हङकङलाई ६ रनले हराएको छ । हङकङको कोउलुन क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले आइसीसी महिला विश्वकप क्रिकेट २०१७ को एशियाली छनोटको खेलमा हङकङलाई ६ रनले हराएको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७५ रनमै समेटियो । नेपालका लागि करुणा भण्डारीले १९ रन बनाइन् भने इन्दु बर्मा, १५, ज्योति पाण्डे ११ र नेरी थापाले १० रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
करुणा भण्डारी र सीता रानामगरले हङकङलाई अल आउट गर्नमा महत्वपूर्ण पाँच विकेट लिए । भण्डारी ३ र रानामगरले २ लिँदा निर्मला कुमारी, सबनाम राई र रुबिना क्षेत्रीले एक–एक विकेट लिए ।
मंगलबारको खेलमा नेपालले चीनलाई २० रनले हराएको थियो भने यस अघिका खेलमा नेपाल हङकङ रर थाइल्याण्डसँग पराजित भइसकेको छ ।
आजको जितसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावना कायमै छ । जारी खेलमा शीर्ष स्थानमा रहेको थाइल्याण्डले ६ अंक जोडेको छ भने नेपाल र हङकङको बराबर ४ अंक छ । चीन भने २ अंकमा सीमित छ । अब नेपालले थाइल्याण्ड र चीनसँग खेल्न बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?