काठमाडौंका सडक बन्न पाहुना आउनैपर्छ !
सारांश
- काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाख २८ गते दुईदिने नेपाल भ्रमणमा आएका थिए।
- मोदी आउनुअघि वैशाख २५ गते चाबहिलचोकदेखि ह्यात होटलसम्मको ७ सय मिटर सडक रातारात कालोपत्रे गरियो ।
- ह्यात होटल गेटबाट टुसालतिरको भने सडक यथावत् छोडियो।
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाख २८ गते दुईदिने नेपाल भ्रमणमा आएका थिए। मोदी आउनुअघि वैशाख २५ गते चाबहिलचोकदेखि ह्यात होटलसम्मको ७ सय मिटर सडक रातारात कालोपत्रे गरियो । ह्यात होटल गेटबाट टुसालतिरको भने सडक यथावत् छोडियो। मोदी ह्यात होटलमा बस्ने भएपछि उक्त सडकको धुलो छोप्ने काम गरिएको थियो।
– तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी २०७३ कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदा पनि उपत्यकाका सडक रातारात चिल्ला बनाइएका थिए। ट्यांकरको पानी खन्याएर सडक सफा गरिएको थियो।
– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २०७१ साउन १८ गते नेपालको राजकीय भ्रमणमा आउँदा काठमाडौं उपत्यका सिँगारेर दुलहीजस्तै बनाइएको थियो। त्यसको तीन महिनापछि काठमाडौंमा सार्क शिखर सम्मेलन भयो। सम्मेलनमा सहभागी हुन सार्क सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख काठमाडौं आएका थिए। उक्त अवधिमा पनि काठमाडौं उपत्यकाका सडकमा अर्बौं रुपैयाँ खर्च गरियो।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया