भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै, क–कसलाई भेट्ने ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै, क–कसलाई भेट्ने ?

सारांश

  • काठमाडौं, १२ माघ ।
  • भारतीय विदेशमन्त्री सुषमा स्वराज आगामी साता नेपाल भ्रमणमा आउने भएकी छिन् ।
  • नेपाल सरकारको निमन्त्रणामा उनी २ दिने भ्रमणका लागि फेब्रुअरी महिनाको पहिलो साता काठमाडौं आउन लागेकी हुन् ।

काठमाडौं, १२ माघ । भारतीय विदेशमन्त्री सुषमा स्वराज आगामी साता नेपाल भ्रमणमा आउने भएकी छिन् । नेपाल सरकारको निमन्त्रणामा उनी २ दिने भ्रमणका लागि फेब्रुअरी महिनाको पहिलो साता काठमाडौं आउन लागेकी हुन् ।

नेपालमा रहंदा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री शशांक कोइराला लगायत विभिन्न दलका नेतासँग कुराकानी गर्ने तयारी गरिएको छ ।

स्वराजको यो भ्रमणलाई काठमाडौं र दिल्ली दुवैतिर महत्वका साथ हेरिएको छ । नेपालमा नयाँ निर्वाचन सम्पन्न भएपछि वर्तमान सत्तारुढ नेपाली कांग्रेस प्रतिपक्षमा र एमाले नेतृत्वमा रहेको वाम गठबन्धन सरकारमा जाने भएपछि नेपाल–भारत सम्बन्ध कसरी अघि बढ्छ भन्ने चासो सर्वत्र छ ।

नयाँ प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यदि उनको नेतृत्वमा नयाँ सरकार बने त्यसले भारत र चीन दुवैसँग सौहार्दपूर्ण सम्बन्ध विकसित गरी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने वताउँदै आएका छन् । भारतले भने नेपाललाई अहिलेसम्म परम्परागत ‘सुरक्षा छाता’को दृष्टिकोणबाट हेर्दै आएको छ ।

चुनावमा नेपाली नागरिकले ब्यक्त गरेको अभिमत केपी ओलीले प्रतिनिधित्व गर्ने स्वतन्त्र नेपाली परराष्ट्र नीतिको पक्षमा देखिएपछि भारतले आफ्नो परम्परागत अवधारणामा परिवर्तन ल्याउँछ कि ल्याउँदैन भन्ने प्रश्नका कारण नेपाल–भारत सम्बन्धलाई थप चासोका साथ हेरिने प्रष्ट छ ।

चुनावमा बहुमत प्राप्त गठबन्धनका नेताका रुपमा उदाएपछि अध्यक्ष ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपटक टेलिफोन मार्फत वधाई दिएका छन् भने प्रधानमन्त्री निर्वाचित भएपछि भारत आउन निमन्त्रणा पनि गरेका छन् । जवाफमा ओलीले यसपटक मोदीलाई नै आफू भारत जानु भन्दा पहिले नेपाल भ्रमण गर्न निम्त्याएका छन् । यदि ओलीको निमन्त्रणा स्वीकार गर्दै मोदी नै नेपाल भ्रमणमा आए भने भारत पनि नेपालसँग सम्बन्ध सुधार गर्न इच्छुक रहेको देखिनेछ ।

यस पृष्ठभूमिमा अचानक नेपाल आउन लागेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजको एमाले अध्यक्ष ओलीसँग हुने भेटघाटलाई दिल्ली र काठमाडौं दुवैतिर ठूलो महत्व दिइनेछ । यस भेटघाटमा मोदी र ओलीको सम्भावित नेपाल र भारत भ्रमणका विषयदेखि आगामी दिनमा नेपाल भारत सम्बन्धले लिने दिशाका विषयमा पनि छलफल हुने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Dorna Sirmali

    No entry

    Comment Author

    Krishna Poudyal

    Eni Oli jee lai PM banauna nadina sakinchha ki bhanera khelna auna lageki hun.Kina bhane prachanda dhul mule hun bikina pani sakchhan.

    Comment Author

    Deepak Sunar

    Stay in India pls don,t interfere. Not really wel come from Nepal

    Comment Author

    पुस्प राज कार्की्

    नेपाल अाउनु बेकार छ भो नअाइज

    Comment Author

    Khadka Yam

    त्सकाे बाउ सेरेलाई भेटनहाेलानि

    Comment Author

    Manoj Karki MK

    We hate ur coming in nepal

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?