सार्वजनिक स्थलमा महिलामाथि ‘विर्य’ फ्याँक्ने पुरुषलाई ६ बर्ष जेल सजाय
सारांश
- बेथहेलम ।
- अमेरिकी प्रहरीले महिलाहरुमाथि वीर्य फ्याँक्ने एकजना पुरुषलाई जेलको सजाय दिइएको जनाएका छन् ।
- माइकल मौरिस नाम गरेको यो पुरुषले विगत ४० वर्षदेखि यो घृणित अपराध गर्दै आएका थिए ।
बेथहेलम । अमेरिकी प्रहरीले महिलाहरुमाथि वीर्य फ्याँक्ने एकजना पुरुषलाई जेलको सजाय दिइएको जनाएका छन् । माइकल मौरिस नाम गरेको यो पुरुषले विगत ४० वर्षदेखि यो घृणित अपराध गर्दै आएका थिए ।
ती पुरुषले सुपर मार्केट, शपिङ सेन्टर र बसमा महिलाहरुलाई पछ्याउँदै उनीहरुमाथि वीर्य फाल्ने गर्दथे ।आफूले गरेको कामका बारेमा थाहा नहुने दावी ती पुरुषले अदालतमो गरेपनि अदालतले भने ६ वर्षको जेल सजाय सुनाएको छ ।
“पहिलोपटक जुन महिलामाथि मैले वीर्य फालेँ, ती महिलाका बारेमा मेरो मनमा निकै नकारात्मक चित्रण भएको कुरा मैले अनुमान लगाउन सक्छु ।” अदालतको बयानमा उल्लेख छ, “यदि मैले कसैलाई पीडा पुर्याएको म क्षमाप्रार्थी छु, तर मलाई मैले के गरिरहेको छु भन्ने नै थाहा हुँदैन ।”
अमेरिकाको पेन्सिवानियाका अदालतका न्यायाधिशले निकै तल्लोस्तरको मानसिकताको शिकार भएको यस्तो व्यक्तिलाई उहिल्यै सजाय हुनुपर्ने उल्लेख गरेका छन् । पक्राउ पर्नु अघि ती पुरुषले बेथलहेममा एक पसल गर्दै आएककी एक महिलासँग यस्तै व्यवहार गरेकी थिइन । गिरफ्तारीपछि उनको डिएनए टेष्ट गरिएको थियो । मौरिसको यस्तो बानीका कारण कैयन् महिलाहरुले बस र सार्वजनिक स्थलमा जान समेत छोडेका थिए । एजेन्सी
प्रतिक्रिया