मानवीय त्रुटीले विमान दुर्घटना

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
मानवीय त्रुटीले विमान दुर्घटना

सारांश

  • जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ ।
  • अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो ।
  • मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न लागिएको जनाएको छ ।

जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न लागिएको जनाएको छ ।रक्षा मन्त्रालयले ४१ वर्षीय पाइलटमा देखिएको मानसिक समस्याका कारण विमानले सन्तुलन गुमाएको र समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको निष्कर्ष निकालेको छ । विमानमा कुनै प्राविधिक समस्या नरहेको पनि मन्त्रालयले स्पष्ट गरेको छ ।

गत अप्रिल ९ मा जापानको उत्तरपूर्वी मासावाबाट १३५ किलोमिटर टाढा समुद्रमा उक्त लडाकू विमान तालिमका क्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमान अद्यापी फेला परेको छैन ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?