मिनी ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा सल्यानमा दुईजना घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
मिनी ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा सल्यानमा दुईजना घाइते

सारांश

  • सल्यान, १४ माघ ।
  • सल्यानमा आइतबार बेलुकी मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।
  • घाइतेमध्य एकजनाको अवस्था गम्भीर छ ।

सल्यान, १४ माघ । सल्यानमा आइतबार बेलुकी मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । घाइतेमध्य एकजनाको अवस्था गम्भीर छ ।

रुकुमबाट दाङतर्फ गइरहेको मिनी ट्रकले कपुरकोटको तल्लो बजारमा सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । बेलुकी साढे ६ बजेतिर भएको दुर्घटनामा रुकुमबाट दाङ जाने भनेर इन्ट्री गरेका दिलीप बुढा गम्भीर घाइते भएको कपुरकोट प्रहरीले जनाएको छ । साथै मोटरसाइकलमा सवार एक महिला पनि घाइते भएको र उनीहरुलाई उपचारका लागि प्रहरीले दाङको तुलसिपुर लगेको कपुरकोट प्रहरी चौकीका प्रहरी हवल्दार लक्ष्मण भुसालले जानकारी दिए ।

कपुरकोट तल्लो बजारस्थित उकालो सडक छेउँमा रोकिएको रा १ ख ९३९ नम्बरको मिनी ट्रक स्टार्ट नभएपछि चालकले व्याकमा स्टार्ट गर्न खोजेका थिए । तर व्याकमा पनि स्टार्ट नभएको र ब्रेक पनि नलागेकाले पछाडिबाट आइरहेको रा ३ प ८५९६ नम्बरको मोटरसाइकललाइ ट्रकको पछाडिको भागले ठक्कर दिएको थियो । ठक्कर दिने मिनी ट्रक र चालक तुलसीराम घर्तीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?