पहाडी र हिमाली क्षेत्रमा उक्लँदै तराईका रोग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १६, २०७४
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – जलवायु परिवर्तनको प्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि व्यापक दायरामा देखिन थालेको छ।
  • नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार जलवायु परिवर्तनका कारण तराई र गर्मी ठाउँमा मात्रै समस्या बनेका थुपै रोग पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेका छन् ।
  • परिषद्का अनुसन्धानकर्ता डा.

काठमाडौं – जलवायु परिवर्तनको प्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि व्यापक दायरामा देखिन थालेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार जलवायु परिवर्तनका कारण तराई र गर्मी ठाउँमा मात्रै समस्या बनेका थुपै रोग पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेका छन् । परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार पानीजन्य, कीटजन्य, वायुजन्य रोगहरु बढ्दै गएका छन्।

वैज्ञानिक धिमालले प्रत्यक्ष रुपमा लामखुट्टे, भुसुनाजस्ता कीटको टोकाइबाट सर्ने रोगहरु उच्च हिमाली र पहाडी क्षेत्रमा देखापर्न थालेका छन्। सन् २००६ मा ५ जिल्लामा मात्रै देखिएको डेंगी ज्वरो अहिले ४० जिल्लामा फैलिइसकेको छ। त्यसैगरी सन् १९५० मा तराईका केही जिल्लामा देखिएको मलेरिया अहिले ६७ जिल्ला फैलिएको छ। केही वर्षअघिसम्म बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बढी जोखिम रहेको जापानिज इन्सेफ्लाइटिस र हात्तीपाइलेका बिरामी पनि अधिक जिल्लामा पाइएका छन्। ‘लामखुट्टेजस्ता कीटहरु तल तराईमा तापक्रम बढेर टिक्नै नसक्ने वा मर्ने अवस्था हुन थाल्यो। पहिला तराईमा मात्र पाइने लामखुट्टेजस्ता कीट अहिले २ हजार फिटभन्दा माथि गएर बस्न थालिसकेका छन्,’ डा. धिमालले भने।

अनुसन्धान परिषद्कै एक छुट्टै अध्ययनले तापक्रममा १ प्रतिशतले वृद्धि हुँदा झाडापखालाका बिरामी ४.५ प्रतिशतले बढिरहेको देखाएको छ। हिमाली क्षेत्रमा १ डिग्री तापक्रम बढ्दा झाडापखालाका बिरामीको दर १३ प्रतिशतसम्म बढ्ने गरेको अनुसन्धानले देखाएको छ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?