जनताले सरकार छोड्न भनिसकेपछि देउवाले गरेका निर्णयले राज्यलाई घाटैघाटा : अपार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२९ पटक हेरिएको
Shares
जनताले सरकार छोड्न भनिसकेपछि देउवाले गरेका निर्णयले राज्यलाई घाटैघाटा : अपार

सारांश

  • तुलसीपुर, १६ पुस ।
  • माओवादी केन्द्रका नेता जगप्रसाद शर्मा ‘अपार’ले देउवा सरकारले गरेका निर्णयहरुले राज्यलाई घाटैघाटा हुने बताएका छन् ।
  • माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको बैठकका प्रमुख अतिथि अपारले देउवा सरकारले जालझेल गरेर अनैतिक निर्णय गरिरहेको बताए ।

तुलसीपुर, १६ पुस । माओवादी केन्द्रका नेता जगप्रसाद शर्मा ‘अपार’ले देउवा सरकारले गरेका निर्णयहरुले राज्यलाई घाटैघाटा हुने बताएका छन् । माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको बैठकका प्रमुख अतिथि अपारले देउवा सरकारले जालझेल गरेर अनैतिक निर्णय गरिरहेको बताए ।

माओवादी केन्द्रका सचिबालय सदस्य अपारले कामचलाउ सरकारले गर्न नमिल्ने, राज्यलाई नोक्सान हुने निर्णय गरेको भन्दै यस्ता निर्णय सच्चाउनु पर्ने बताए । “देउवा सरकारले जालझेल गरेर अलोकतान्त्रिक निर्णय गरेको छ”, अपारले भने “कामचलाउ सरकारले गरेका यस्ता निर्णय कामचलाउमा मात्रै सीमित गर्नुपर्छ ।” यस्ता निर्णय नसच्याए देशले ठूलो नोक्सानी व्यहोर्ने उनको भनाइ छ ।

उनले फागुनको पहिलो साता बाम गठबन्धनको नयाँ सरकार बन्ने र अबको नयाँ सरकारले कामचलाउ सरकारले गरेका यस्ता निर्णय उल्टाउने समेत बताए । माओवादी केन्द्र तुलसीपुर उपमहानगर अध्यक्ष रामबहादुर दहित ‘अञ्जान’को अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि अपारले माओवादी केन्द्र र एमालेबीच एकता हुने कुरामा कुनै शंका नगर्न आग्रह गरेका छन् । “अहिले एक पार्टी अर्को पार्टीमा बिलय हुने भनी अनाबश्यक टिप्पणी हुने गरेका छन्”, उनले भने “यसको पछि नलाग्न अनुरोध छ ।”

बैठकमा माओवादी केन्द्र दाङका नेता कुवेर वली, माओवादी केन्द्र दाङका सह इञ्चार्ज नारायणी शर्मा, तुलसीपुर नगर इञ्चार्ज रामजी चौधरी ‘मिलन’, जिल्ला सहसंयोजक लुम बहादुर कार्कीलगायतले पार्टीको संगठनलाई मजबुत बनाएर लैजानुपर्ने बताएका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Gyanendra Baniya

    Katro कोखलती हुँदैन भंथे।तर हूंदो रहेछ।

    Comment Author

    Amar Ghotane

    तिमिहरु कस्ले चाहिँ देशलाई नाफा हुने काम गर्या छौ र?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?