बेलुनमा उडेर पोखरा घुम्नुस्

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
५४ पटक हेरिएको
Shares
बेलुनमा उडेर पोखरा घुम्नुस्

सारांश

  • काठमाडौं ।
  • सुन्दर नगरी पोखरालाई अब तपाइँ बेलुनमाथि उडेर हेर्न सक्नुहुने भएको छ ।
  • पोखराको मनमोहन दृश्य हेर्नका लागि बेलुनमा उडेर आकासबाटै हेर्न पाइने भएको हो ।

काठमाडौं । सुन्दर नगरी पोखरालाई अब तपाइँ बेलुनमाथि उडेर हेर्न सक्नुहुने भएको छ । पोखराको मनमोहन दृश्य हेर्नका लागि बेलुनमा उडेर आकासबाटै हेर्न पाइने भएको हो । बेलुनको नाम हट इयर हो ।

आज शनिबारदेखि बेलुनमा उडेर पोखरा हेर्न पाइने भएको हो । आज ९ बजेदेखि पोखराको लेकसाइडबाट पहिलो उडान शुरु हुने बताइएको छ ।

बेलुन प्रालि काठमाडौंले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउँदै साहसिक खेल बेलुनमा बसेर पोखराको हेर्नपाउने व्यवस्था मिलाएको हो । आयोजकले दुईवटा बेलुन राखेको छ । पहिलो चरणमा एउटा मात्र उडाउने बताएका छन् । बेलुनमा एक पटकमा ८ जना बसेर उड्न मिल्नेछ ।

पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि केन्द्र बनाउने उद्देश्यसहित उडान शुरु गर्न लागिएको प्रालिले जनाएको छ । पर्यटकीय नगरी पोखराको धम्पुसबाट उडेर मार्दी खोलाको तीरमा अवतरण गर्नेछ। यस व्यवसायबाट २५ जनाले रोजगारी पाउने बेलुन प्रालि नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिई शुरु गर्न लागिएको साहसिक खेलसँगै निकट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य सहासिक कार्यक्रम गर्दै जाने प्रालिले जनाएको छ।

प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार रुपैयाँ र विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिई एक पटकमा ८ जना पर्यटकलाई उडाउने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोलुखुम्बुमा जिप दुर्घटना, ६ जनाको मृत्यु
सोलुखुम्बुमा जिप दुर्घटना, ६ जनाको मृत्यु
शान्ति, सुरक्षा उच्च प्राथमिकतामाः मन्त्री जमकट्टेल
शान्ति, सुरक्षा उच्च प्राथमिकतामाः मन्त्री जमकट्टेल
भोटको के कुरा, एकल महिला सुरक्षा भत्ता पनि पाएकी छैनन्
भोटको के कुरा, एकल महिला सुरक्षा भत्ता पनि पाएकी छैनन्
भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि
भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि
कसैको ईसारामा मलाई फसायो, मलाई गोरे संग नराख्नुस: एसएसपी श्याम खत्री
सवारी दुर्घटनामा २४ घन्टामा ११ को मृत्यु
सवारी दुर्घटनामा २४ घन्टामा ११ को मृत्यु
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ
सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ
गृहजिल्लामा पछाडी परे शेरबहादुर, ४ सय ६६ मतले भट्ट अगाडी
गृहजिल्लामा पछाडी परे शेरबहादुर, ४ सय ६६ मतले भट्ट अगाडी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने

तपाईंले छुटाउनुभयो कि?