बालुवाटार पुगेर डा. शेखरले किन मागे प्रधानमन्त्रीको राजीनामा?
सारांश
- काठमाडौं।
- कांग्रेस नेता डा.
- शेखर कोइरालाले पार्टीभित्र अल्पमतमा परेर घेराबन्दीमा परेका प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन्।
काठमाडौं। कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीभित्र अल्पमतमा परेर घेराबन्दीमा परेका प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन्। बिहीबार प्रधानमन्त्री केपी ओलीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेको नेता कोइरालाले ‘मैले त तपाइँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’ भनेर बोलिरहेको छु भनेका थिए।
जवाफमा प्रधानमन्त्री ओलीले ‘प्रतिपक्ष दलको रुपमा र त्यही दलको एक नेताको हैसियतले तपाईँले भनेको ठिक हो’ भन्ने जवाफ फर्काएको नेता कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए।
सचिवालय र संसदीय दलमा अल्पमतका परेका प्रधानमन्त्री ओलीलाई भेटेर राजीनामा दिन सुझाव दिने कोइराला कांग्रेसको पहिलो नेता हुन्।
प्रधानमन्त्री र कोइरालाबीच झण्डै दुई घन्टा कुराकानी भएको कोइरालाका सहयोगी दिनेश थपलियाले बताए। भेटघाटको सुरूमै कोइरालाले प्रधानमन्त्री ओलीको राजीनामा मागेको थपलियाले जानकारी दिए। करिब दुई घण्टा कुराकानीपछि कोइराला आजै गृहनगर विराटनगर गएका छन्।
प्रतिक्रिया