तोकिएको दरबन्दीमा जान निर्देशन
सारांश
- भोजपुर, १७ माघ।
- भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।
- स्थानीय सरकारका प्रमुखसमेत रहेका प्रमुख आलेले ग्रामीण समुदायका जनता सुलभ स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको भन्दै काजमा रहेका स्वास्थ्यकर्मीलाई सम्बन्धित दरबन्दी रहेको ठाउँमा जान निर्देशन दिएका हुन् ।
भोजपुर, १७ माघ। भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।
स्थानीय सरकारका प्रमुखसमेत रहेका प्रमुख आलेले ग्रामीण समुदायका जनता सुलभ स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको भन्दै काजमा रहेका स्वास्थ्यकर्मीलाई सम्बन्धित दरबन्दी रहेको ठाउँमा जान निर्देशन दिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयको एक कार्यक्रममा उहाँले नगर स्वास्थ्य संयोजकको हैसियतले अस्पतालको सुदृढीकरणका लागि विभिन्न कार्य गर्ने उल्लेख गरे । प्रमुख आलेले महिनामा एकचोटि अस्पताल परिसरको सरसफाइ कार्यक्रम गर्ने मितिसमेत तोकेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया