अराजक बन्दै समाज, सानोतिनो झगडा नै हत्याको कारण बन्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
अराजक बन्दै समाज, सानोतिनो झगडा नै हत्याको कारण बन्दै

सारांश

  • पछिल्ला केही वर्षयता समाज निकै अराजक बन्दै गइरहेको छ ।
  • सानोतिनो विषयमा नै विवाद हुँदा काटाकाट र व्यक्ति हत्या समेत हुन थालेको छ ।
  • यस्तै एउटा घटना बिराटनगरमा घट्यो ।

पछिल्ला केही वर्षयता समाज निकै अराजक बन्दै गइरहेको छ । सानोतिनो विषयमा नै विवाद हुँदा काटाकाट र व्यक्ति हत्या समेत हुन थालेको छ । यस्तै एउटा घटना बिराटनगरमा घट्यो । कात्तिक २ गतेको बिराटनगर ९ स्थित हनुमान मन्दिर अगाडि लागेको मेलामा सामान्य विवाद हुँँँदा १९ वर्षीय राहुल भगतले ज्यान गुमाए ।

मेला हेर्न आएका राहुल भगतले भीडमा ठेलेको निहुँमा सबिन कामतसँग सामान्य विवाद भयो । भीडमा ठेलेको विषयलाई कारण बनाउँदै सविन र गरे । विवाद भएको ७ मिनेटभित्रै राहुलमाथि छुरा प्रहार भइसकेको प्रहरीको भनाई छ । बिराटनगरमै टेम्पो चालक रहेका सहनीले राहुललाई छुरा प्रहार गरेका हुन् ।

छुरा प्रहार गर्ने र मृतक राहुलबीच सामान्य चिनजान पनि नभएको प्रहरीले उल्लेख गरेको छ । साथीलाई हातपात गरेको निहुँमा किशोरहरुले हातपात गरी छुरा प्रहार गरेको प्रहरी श्रोत भन्छ ।
बिहिबार पत्रकार सम्मेलन गरी प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएकाहरु मध्ये १८ वर्षीय कुहिरा भन्ने विशाल सहनीलाई सार्बजनिक गरेको छ । अन्य पाँच जना १८ वर्ष भन्दा कम उमेरका भएकोले सार्वजनिक नगरिएको प्रहरीले जानकारी दिएको छ । दुईजना भने फरार छन् ।

प्रहरीका अनुसार राती ७ः३५ मा राहुलमाथि छुरा प्रहार भएको थियो । कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । हत्या गरी फरार भएकाहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो । प्रहरीले ६ जनालाई पक्रिएको छ । पेन्टिङको काम गर्दै आएका राहुल सामान्य पृष्ठभुमिको परिवारका हुन् । हत्यामा संलग्न किशोरहरु पनि सामान्य परिवारकै रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्चीको काम समयमै नसकिंदा मन्त्री बिना टेन्सनमा
मेलम्चीको काम समयमै नसकिंदा मन्त्री बिना टेन्सनमा
राजा आउ भन्दै सडकमा प्रदर्शन भएपछि मन्त्री त्रिपाठीको  जवाफ
राजा आउ भन्दै सडकमा प्रदर्शन भएपछि मन्त्री त्रिपाठीको जवाफ
समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र
समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र
पोर्न भिडियो सार्वजनिक भएपछि माेडल परि तामाङ पुगिन टेकु प्रहरीमा
पोर्न भिडियो सार्वजनिक भएपछि माेडल परि तामाङ पुगिन टेकु प्रहरीमा
निर्वाचन परिणाम हेर्नुहोस कहाँ कस्तो ??ताजा नजिता !
एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड
एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड
ओलीले सहमतिको प्रयास नगर्दा चुनावबाटै एमालेले मुख्यमन्त्री छान्ने
‘साला कोहो महेन्द्र भनेको? यो महेन्द्र राजमार्ग होइन मैले बनाएको हो ।’
‘साला कोहो महेन्द्र भनेको? यो महेन्द्र राजमार्ग होइन मैले बनाएको हो ।’
धन्न जोगिए मन्त्री लालबाबु, हातपातको प्रयास
धन्न जोगिए मन्त्री लालबाबु, हातपातको प्रयास
राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…
राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दा दाहाल खुसीले गदगद…