काठमाडौंमा हुस्सु, बादल र पानी पर्ने सम्भावना छ कि छैन ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौंमा हुस्सु, बादल र पानी पर्ने सम्भावना छ कि छैन ?

सारांश

  • काठमाडौं, माघ १७ ।
  • हुस्सु र बादलले राम्ररी घाम लाग्न नपाएपछि बुधवार काठमाडौं उपत्यकामा बढी चिसो महशुस गरिएको छ ।
  • बिहान हुस्सु लागेको र आकाशमा हल्का बादल पनि देखिए पनि केही दिनभित्र पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं, माघ १७ । हुस्सु र बादलले राम्ररी घाम लाग्न नपाएपछि बुधवार काठमाडौं उपत्यकामा बढी चिसो महशुस गरिएको छ ।

बिहान हुस्सु लागेको र आकाशमा हल्का बादल पनि देखिए पनि केही दिनभित्र पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबारको काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अघिल्लो साता परेको पानी र नजिकैका डाँडाकाँडामा भएको हिमपातले पछिल्लो समय उपत्यकामा बिहान र साँझ बढी चिसो महशुस गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?