व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ

सारांश

  • लहान, २० माघ ।
  • सिरहाका जग्गा व्यापारी मो लालु खानलाई गोली प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले एक वर्षपछि शुक्रबार पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले खानलाई गोली प्रहार गरी फरार रहेको आरोपमा शुक्रबार साँझ धनुषाको कमलामाई नगरपालिका– ८ सोनापारा निवासी २० वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो ।

लहान, २० माघ । सिरहाका जग्गा व्यापारी मो लालु खानलाई गोली प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले एक वर्षपछि शुक्रबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले खानलाई गोली प्रहार गरी फरार रहेको आरोपमा शुक्रबार साँझ धनुषाको कमलामाई नगरपालिका– ८ सोनापारा निवासी २० वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनुषाको धबौलीबाट यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादवलाई सिरहा, मिर्चैया नगरपालिका– २ मझौलिया निवासी ३० वर्षीय खानलाई विसं २०७३ माघ १ गते गोली प्रहार गरी फरार भएको आरोप लगाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?