हेलिकप्टर दुर्घटनापछि उद्दारमा खटिनेलाई निशान
सारांश
- काठमाडौं ।
- फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनापछिको खोज तथा उद्धारमा खटिएका ४६ जनालाई प्रधानसेनापतिले प्रशंसा निशान प्रदान गरेका छन् ।
- दुर्घटनामा मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको थियो ।
काठमाडौं । फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनापछिको खोज तथा उद्धारमा खटिएका ४६ जनालाई प्रधानसेनापतिले प्रशंसा निशान प्रदान गरेका छन् । दुर्घटनामा मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको थियो ।
नेपाली सेनाका अधिकृत, पदीक तथा अन्य दर्जासहित ४६ जनाले प्रतिकुल मौसममा पनि खोजीमा देखाएको साहसिक कार्यको उच्च मूल्यांकन गर्दै उक्त निशान प्रदान गरिएको हो ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त प्रशंसा निशान प्रदान गरेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया