स्वार्थका लागि कुटनैतिक आचारसंहिता उल्लङ्घन-नारायणकाजी श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाण्डौ २० माघ  ।
  • नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमण कुटनैतिक आचारसंहिता विपरित भएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
  • शनिवार विहान टुइट गर्दै श्रेष्ठले नेपाली राजनीतिक दलका नेताहरु कै कारण कुटनैतिक आचारसंहिता उल्लङ्घन भएको आरोप लगाएका छन् ।

काठमाण्डौ २० माघ  । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमण कुटनैतिक आचारसंहिता विपरित भएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

शनिवार विहान टुइट गर्दै श्रेष्ठले नेपाली राजनीतिक दलका नेताहरु कै कारण कुटनैतिक आचारसंहिता उल्लङ्घन भएको आरोप लगाएका छन् । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले अधिकाँश नेपाली राजनैतिक नेताहरु कुटनैतिक आचारसंहिता उल्लङ्घनमा प्रतिबद्ध देखिएको बताएका छन् ।

निहित राजनीतिक स्वार्थका लागि पुर्खाहरुले स्वतन्त्र बनाएको देशको स्वाभिमान अहिले गिराइएको भन्ब्दै आफूलाई दुःख र ग्लानी भएको श्रेष्ठले लेखेका छन् ।

यस्तो छ उनको टुइट

अधिकाँश नेपाली राजनैतिक नेताहरु कुटनैतिक आचारसंहिता उल्लङ्घनमा“प्रतिबद्ध“ देखिएका छन्।ध्यान नपुगेर होइन।किन त?हिन ग्रन्थी र निहित राजनैतिक स्वार्थ ! दुख र ग्लानिको अनुभुति हुन्छ, ठुला छिमेकीहरु उपनिवेश बन्दा समेत पुर्खाहरुले स्वतन्त्र बनाईराखेको हाम्रो देशको स्वभिमान आज गिराइदैछ ।

(https://flossdental.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?