स्वास्थ्य शिबिरमा ४०० जनाको निशुल्क स्वास्थ्य परिक्षण !
सारांश
- काठमाडौँ, ४ भदौ ।
- ‘टोल टोलमा प्रहरी’ अभियान अन्तर्गत सामुदायिक सेवा समिति वडा नं.
- १०को कार्यालय, नयाँ बानेश्वरमा ‘बृहत निशुल्क स्वास्थ्य शिबिर-२०७५’ सफलताका साथ सम्पन्न भएको छ ।
काठमाडौँ, ४ भदौ । ‘टोल टोलमा प्रहरी’ अभियान अन्तर्गत सामुदायिक सेवा समिति वडा नं. १०को कार्यालय, नयाँ बानेश्वरमा ‘बृहत निशुल्क स्वास्थ्य शिबिर-२०७५’ सफलताका साथ सम्पन्न भएको छ । उक्त शिविरमा करिब १२ सय जनाको उपस्थिति थियो भने ४ सय ५ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।

भदौ २ गते शनिबार सम्पन्न उक्त कार्यक्रमका सभापति टोल नं ६का संयोजक कल्याण अधिकारी थिए भने प्रमुख अतिथिका रुपमा सभासद दिपेन्द्र श्रेष्ठ आएका थिए । काठमाडौँ महानगरपालिका वडा नं १० का अध्यक्ष राम कुमार के. सी. र महानगरीय प्रहरी बृत्त प्रमुख नायव उपरीक्षक गोविन्द राज काफ्ले विशेष अतिथि रहेको स्वास्थ्य शिबिरमा विभिन्न पदाधिकारी तथा समाजका बुद्धिजिवीहरुको उपस्थिति थियो ।

यस्ता कार्यक्रम थप अरु पनि हुनुपर्ने त्यहाँ उपस्थित सेवाग्राहीहरुको भनाई थियो ।
प्रतिक्रिया